२४ कम्पनीको १७ अर्बको प्राथमिक शेयर निष्कासन हुँदै

२४ कम्पनीको साढे १७ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन (आइपिओ) हुने भएको छ ।
२४ कम्पनीले मध्ये १५ कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिइसकेकाले स्वीकृतको पखाईमा छन् भने बाँकी ९ कम्पनीले पनि आइपिओ निष्कासनका लागि निवेदन दिने तयारीमा रहेका छन् ।
बोर्डमा निवेदन दिएका १५ कम्पनीले ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको शेयर निष्कासनका गर्दै छन् । साथै, ८ बीमा कम्पनीले करिव ५ अर्ब ५ करोड रुपैयाँको शेयर बिक्री गर्ने तयारीमा रहेका छन् । त्यसैगरी, इन्फास्टक्चर डेभलपमेन्ट बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने तयारी गरेको छ । ती सबै कम्पनीको करिव साढे १७ अर्बको आइपिओ आउँदै छ । सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र शेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
रिलायबल लाइफ, महालक्ष्मी लाइफ, सानिमा लाइफ, आइएमइ लाइफ, सिटिजन्स लाइफ, ज्योति लाइफ, युनियन लाइफ र सन नेपाल लाइफले पनि आइपिओ निष्कासन गर्ने तयारी गरिरहेका छन् ।
जलविद्युत समूहका कम्पनीमा हिमालयन हाइड्रोपावर लिमिटेड (स्थानीय र सर्वसाधारण), विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), रुरु लघुजलविद्युत् परियोजना (स्थानीय बासिन्दा र सर्वसाधारण), शुभम् पावर लिमिटेड (सर्वसाधारण), सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, तेह्रथुम पावर कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), मैलुङ खोला जलविद्युत (सर्वसाधारण), ग्रिनलाइफ हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), सिँगटी हाइड्रो इनर्जी, मैलुङ खोला जलविद्युत् (सर्वसाधारण) र मध्यभोटेकोसी जलविद्युत् (स्थानीय बासिन्दा र सर्वसाधारण) छन् । शेयर निष्कासन अनुमतिका लागि आवेदन दिएका अन्य समूहका कम्पनीमा डिस मिडिया नेटवर्क, इमर्जिङ नेपाल र चन्द्रागिरि हिल्स् छन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #शेयर निष्कासन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्