Techie IT
आईतबार, माघ १३,२०८१

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड


सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशनमा ल्याएको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्।

इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट एक करोड ८५ लाख २९ हजार २४० कित्ता आइपीओ शेयर खरिदको लागि आवेदन परेको थियाे। जसमध्येमा ३ हजार ३६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता शेयरको आवेदन रद्द भएको एनआईसी एशिया क्यापिटलले जनाएको छ। रितपूर्वक आवेदन दिने कुल ८ लाख ६३ हजार ५८५ आवेदकमध्ये २ लाख ७३ हजार जनाले १० कित्ता शेयर प्राप्त गरेका छन् भने ५ लाख ९० हजार ५८५ जनाकाे हात खाली भएकाे छ।

इन्स्योरेन्सले असोज २१ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। इन्स्योरेन्सले निष्काशन गरेको कुल शेयरमध्ये एक लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए।


क्याटेगोरी : अर्थ
ट्याग : #सानिमा जनरल इन्स्योरेन्स


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Haze
6:51 am5:40 pm +0545