आईपिओ जारी गर्ने पहिलो सिमेन्ट कम्पनी बन्यो शिवम् सिमेन्ट लिमिटेड
शिवम् सिमेन्ट लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले साधारण शेयर आइपिओ निष्काशनको अनुमति दिएको छ । शिवमले स्थानीय वासीन्दाका लागि २ प्रतिशत तथा सर्वसाधारणका लागि १० प्रतिशतगरी जारी पूँजीको १२ प्रतिशत साधारण सेयर (आईपिओ) विक्री गर्ने अनुमति पाएको हो ।
धितोपत्र बोर्डले शिवमलाई प्रिमयिम सहित स्थानीय बासिन्दाका लागि प्रतिकित्ता ३ सय रुपैयाँ तथा सर्वसाधारणका लागि प्रतिकित्ता ४०० रुपैयाँका दरले निष्काशन गर्नेछ ।जसमध्ये ८ लाख ८० हजार कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि तथा ४४ लाख कित्ता सर्वसाधारणमा जारी हुनेछ ।
शिवम् सिमेन्टले ४ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको १२ प्रतिशत हुन आउने ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि समेत निष्कासन गर्ने छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #शिवम् सिमेन्ट, #शेयर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्