प्रधानमन्त्रीले मन्त्री र सल्लाहकार सबैलाई हटाएर नयाँलाई अवसर दिनुपर्छः नवराज सिलवाल
काठमाडौं, २० वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवम् पूर्वडीआईजी नवराज सिलवालले निर्वाचनका बेला बोलेको कुरा अहिलेसम्म पूरा गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।
‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा सांसद सिलवालले ललितपुर र गैँडाकोटमा बोलेको कुरा ओलीले पूरा गर्नुपर्ने बताएका हुन् । उनले ललितपुरमा पार्टी प्रवेश र निर्वाचनका बेला गैँडाकोटमा ओलीले आफूलाई गृहमन्त्री बनाउने आश्वासन दिएको कुरा अहिलेम्म पूरा हुन नसकेको बताए ।
‘गृहमन्त्री बनाउने कुरा तत्कालीन एमालेको अध्यक्ष र अहिलेका प्रधानमन्त्री ओलीजीले भन्नुभएको हो’, उनले भने, ‘सरकारले चाह्यो भने, प्रधानमन्त्रीले ममाथि विश्वास गर्नुभयो भने म मन्त्री हुन्छु नि !’
‘म मन्त्री हुन नसक्ने मान्छे होइन । म क्षमता भएकै मान्छे हुँ । जनताबाट जितेर आएको मान्छे हुँ’, नेकपाका सांसद सिलवालले भने, ‘ओलीजीले ललितपुर र गैँडाकोटमा भन्नुभयो नवराज सिलवाललाई गृहमन्त्री बनाउँछु भन्नुभएको छ’, उनले भने, ‘प्रधानमन्त्रीले बोल्नुभएको कुरो अहिलेसम्म पूरा भएको छैन । मलाई गृहमन्त्री बनाउने कुरा ओलीले बोल्नु भएकै हो ।’
उनले भने, ‘गृहमन्त्री बन्ने समय छ । उहाँले बोल्नुभएको छ त्यो जिम्मेवारी दिनु होला ।’
तपाईले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न सक्नु हुन्छ भन्ने जिज्ञासामा सांसद सिलवालले भने, ‘मलाई जिम्मेवारी दिनुभयो भने डेलिभरी गर्ने क्षमता मैले राख्छु । गृहमन्त्री चलाउने मसँग राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभव छ । ल एण्ड अर्डरको ईश्युमा काम गरेको छु । प्रिन्सिपल लयर हुँ । त्यो ढंगले राजनीति बुझेको छु । मैले चलाउन नसक्ने भन्ने छैन ।’
प्रधानमन्त्री ओलीले सांसद सिलवाललाई गृहमन्त्री बनाउने हो भने अहिलेका गृहमन्त्री रामबहादुर थापालाई हटाउनुपर्छ । सिलवाललाई गृहमन्त्री बन्ने तत्काल सम्भावना नरहेपनि प्रधानमन्त्री ओलीले चाहने हो भने गृह राज्य मन्त्री बन्ने अवसर भनेछ ।
नेपाल प्रहरीका पूर्वडीआईजी समेत रहेका सांसद सिलवालले प्रहरीको नेतृत्व पछिल्लो समय विवादमा पर्दै गएको भन्दै असन्तुष्टि जनाए । उनले सांसद अहरण प्रकरणमा प्रहरी नेतृत्व पर्न नहुनेभन्दै सो घटनालाई राजनीतिककरण गरिएको बताए ।
नेकपाका सांसद सिलवालले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिन नहुने बताए । उनले भने, ‘केपी ओलीको ब्यानर र एजेण्डामा नेकपाले जितेको हो ।’
सिलवालले ओलीको सल्लाहकार, सचिवालय र मन्त्रीहरूलाई हटाएर नयाँ अनुहारलाई अवसर दिनुपर्ने बताएका छन् ।
‘काम गर्न नसक्ने मन्त्रीलाई हटाउनुपर्छ । प्रधानमन्त्री ओलीले टिममा परिवर्तन गर्नुपर्छ । मन्त्रिमण्डलमा हेरफेर गर्नुपर्छ’, सिलवालले भने, ‘मुलुकले यी मन्त्रीहरूसँग जे खालको अपेक्षा थियो, त्यो काम गर्न सकेनन् । नयाँ फेस ल्याएर ओलीले काम गर्नुपर्छ ।’
उनले प्रधानमन्त्री ओलीले सल्लाकार टिम पनि परिवर्तन गर्नुपर्ने बताए । ओलीको सचिवालयसँग उनको असन्तुष्टि थियो ।
नेकपाका उपाध्यक्ष बामदेव गौतम तत्काल प्रधानमन्त्री बन्न नसक्ने उनले बताएका छन् । उनले गौतम प्रधानमन्त्री बन्ने हो भने दुई वटा बिकल्प रहेको बताए ।
‘बामदेव गौतम प्रधानमन्त्री बन्ने हो भने कि उपनिर्वाचन गर्नुपर्छ । कि संविधान संशोधन गर्नुपर्छ । त्यो अवस्था छ कि छैन ?’, उनले भने, ‘बामदेव गौतम कमजोर नेता होइन । चुनाव जित्न सक्नु हुन्छ ।’
नेकपाका सांसद सिलवालले गौतमर्लाइ निर्वाचनका बेला पार्टीभित्रैबाट हराइएको बताएका छन् । ‘उहाँलाई हराइयो । कुनै न कुनै रुपमा उहाँलाई हराइएको हो’, सिलवालले भने, ‘त्यस बेलाको परिस्थितिमा हराइएको हो ।’
सांसद सिलवालले अन्तर्राष्ट्रिय समुदायले ओली सरकार ढाल्न विभिन्न षड्यन्त्र गरिरहेको दाबी गरेका छन् । ‘यो सरकारसँग विश्व जगतका पुँजीवादीहरू खुसी छैनन् । खेल्न खोजेका छन्’, नेकपाका सांसद सिलवालले भने ।
दैनिक नेपाल
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नवराज सिलवाल
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
- ८कान्ति अस्पतालको दर्दनाक घटना, यतिसम्म हुन्छ लापरबाही !
तपाईको कमेन्ट लेख्नुहोस्