नेपालमा हालसम्म १५ सय २९ जनाको कोरोना परीक्षण
काठमाडौँ, चैत । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा अहिलेसम्म १५ सय २९ जनाको कोरोना भाइरसको परीक्षण भएको छ ।
बुटवलमा कोरोनाका संक्रमण परीक्षण अझै सुरु नभएको भने चितवनमा आजदेखि सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै उपत्यका बाहिर ७ ठाउँमा कोरोना भाइरसको परीक्षण सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटले जानकारी दिएका छन् ।
नियमित पत्रकार सम्मलेनमार्फत उनले आज नेपालभर १ सय १३ जना आइसोलेसनमा रहेका जनाएका छन् । उपत्यकाभित्र १२ जना आइसोलेसनमा छन् ।
संक्रमित व्यक्तिहरुको कन्ट्क्याट ट्रेसिंग भइरहेको प्रवक्ता देवकोटाले जनाए । त्यस्तै, वेवसाइटमा इन्ट्री गर्नेको आजको संख्या १८ सय १२ जसमा २४ जना रड जोनमा रहेको उनले बताए ।
आजसम्म कूल ८ हजार ९७ ले वेवसाइतमा इन्ट्री गरेको देवकोटाले बताए । त्यसरी वेवसाइटमा आफ्नो सत्य तथ्य सूचनामात्रै भरिदिन उनले आग्रह गरेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना परीक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्