नेपालसहित दक्षिण पूर्वी एसीयामा कोरोनाको जोखिम, सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको अपिल
काठमाडौं, २२ फागुन । नेपालसहित दक्षिण पूर्वी एसीयाका ११ मुलुकमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन अपिल गरेको छ ।
चीनबाट फैलिएको यो भाइरस हालसम्म ७० देशमा देखिएको छ । युरोपको इटालीलगायतका मुलुकमा पनि देखिएको छ ।
विश्व स्वास्थ्य संगठनकी दक्षिण पूर्वी एसीया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउँदै रोकथामका उपायमा ध्यान दिन अपिल गरेकी हुन् ।
यस क्षेत्रमा नेपालसहित, बंगलादेश, भुटान, कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, र पूर्वी टिमोर पर्छन् । नेपाल सरकारले पनि सुरक्षाका उपाय अपनाउनका लागि अपिल जारी गरिरहेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोनाको जोखिम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्