इमरजेन्सी बाहेक घरबाहिर नजान काठमाडौं जिल्ला प्रशासनको आग्रह
विश्वभर महामारीको खतरा बनेको कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले काठमाडौंका बासिन्दालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अहिले विश्वभर काठमाडौंका बासिन्दालाई अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह छन्।
कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्काे निर्णय नहुन्जेलसम्मका लागि काठमाडौंका बासिन्दालाई अत्यावश्यक काम परेका बेलाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको जानकारी दिए। स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको समेतको निर्णय र आग्रहअनुसार यस्तो निर्णय गरिएको उनले बताए। उनले आउँदै गरेको होली (फागु पर्व) पनि नमनाउन आग्रह गरिएको बताए।
कोरोना संक्रमण फैलिने जोखिम रहेकाले होली नमनाउन त यसअघि सरकारले नै सम्पूर्ण देशवासीलाई आग्रह गरिसकेको छ। ‘हामी तपाईंहरूको सञ्चारमाध्यममार्फत काठमाडौंका बासिन्दालाई विशेष अनुरोध गर्छाैं कि अहिले कोरोना संक्रमणले विश्वमै आतंक मच्चाइरहेको छ, नेपाल पनि त्यसको उच्च जोखिममा परेकाे छ,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यसैले सचेत बनौं, सतर्कता अपनाऔं, महामारी भित्रिन नदिऔं।’
यसबीच नेपालका धेरै जनालाई कोरोना संक्रमण आशंका गरिए पनि अहिलेसम्म कसैमा पनि यो संक्रमण पाइएको छैन। संक्रमण आशंका गरिएका व्यक्तिलाई टेकु अस्पताल भर्ना गरी उसको रगत तथा र्याल त्यहीं रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने गरिएको छ।
यसअघि परीक्षण गर्न नमुना विदेश नै लैजानुपर्ने बाध्यता थियो। विश्वका विकसित एवं शक्तिशाली राष्ट्रलाई समेत कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न निकै मुस्किल परिरहेका बेला कसैगरी नेपालजस्तो अल्पविकसित एवं स्वास्थ्य सुविधा कमजोर रहेको देशमा यो संक्रमण फैलियो भने ठूलो क्षति हुने अनुमान गरिएको छ।
यसैकारण संक्रमण भित्रिनै नदिन नेपाल सरकारले सीमा नाका, विमानस्थललगायत भाइरस भित्रिन सक्ने स्थानहरूमा स्वास्थ्य जाँचलगायत सतर्कता अपनाएको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #काठमाडौं जिल्ला प्रशासन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्