भ्रमण वर्षको प्रचारप्रसार गर्न भन्दै ७,५०० जनालाई दौड प्रतियोगिताको आयोजना

भ्रमण वर्षको प्रचारप्रसार गर्न भन्दै सात हजार ५०० जनालाई दौडाउने गरी वाग्मती प्रदेश सरकारले ‘हेटौँडा रन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा तथा पर्वतीय खेलकुद महासङ्घको संयोजनमा ‘हेटौँडा रन’ कार्यक्रम गरिने भएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । हेटौँडा रनअन्तर्गत यही माघ २५ गते हुने प्रतियोगितामा हजारौँ व्यावसायिक तथा अव्यावसायिक धावकलाई दौडाउने कार्यक्रम रहेको मन्त्रालयका सचिव शिवकुमार वाग्लेले जानकारी दिनुभयो ।
हेटौँडा रनमा पुरुष र महिलाको छुट्टाछुट्टै दौड प्रतियोगिता हुने र मनोरञ्जनात्मक दौडको अलग्गै कार्यक्रम छ । हेटौँडा रनमा देशका ख्याती प्राप्तसाथै वाग्मती प्रदेश तथा अन्य प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका धावक तथा सर्वसाधारण दौडमा सहभागिता रहने पर्वतीय खेलकुद महासङ्घ नेपाल वाग्मती प्रदेशका सचिव सफल अधिकारीले जानकारी दिनुभयो । दौडमा सहभागी हुन देशका सातै प्रदेशबाट अनलाइन फारम भर्ने काम भइरहेको र अन्तिम मितिसम्ममा सोचेअनुसारको सहभागिता हुने अपेक्षा गरेको उहाँले बताउनुभयो । हेटौँडा रनमा महिलालाई पाँच किलोमिटर र पुरुषका लागि १० किलोमिटर दौड आयोजना गरिनेछ ।
दौडमा महिला र पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ५० हजार, रु ३० हजार र तृतीयले रु २० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । भ्रमण वर्षलाई स्वागत गर्दै खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ । हेटौँडा रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक, पूर्वमिस नेपाल शृङ्खला खतिवडा, बैंकर्स, जनप्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, कलाकार, विभिन्न सङ्घसंस्था, सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि दौडने कार्यक्रम छ ।
पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा मात्रै हुनेगरेको यस्ता प्रतियोगितालाई प्रदेशको राजधानी हेटौँडामा आयोजना गरेर पर्यटकीय माहोल निर्माण गर्न लागिएको भन्दै कार्यक्रमलाई भव्य र सभ्य ढङ्गमा सम्पन्न गरिने जनाइएको छ । देशभरका विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागीता रहने कार्यक्रमलाई सबै मिलेर सम्झन लायक बनाइनुपर्ने पर्वतीय खेलकुद महासङ्घका अध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाले बताउनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सात हजार ५०० जनालाई दौडाउने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्