Techie IT
सोमबार, चैत्र १०,२०८१

विश्वका ५ अनौठा सजायहरु, महिनामा एकपटक कार्टुन हेर्नुपर्नेदेखि लिएर २० घण्टासम्म शास्त्रीय संगीत सुन्नुपर्ने सम्म


एजेन्सी । कुनैपनि अपराधीलाई उसको अपराधको लागि सजाय अवश्य भोग्नुपर्छ । चाहे उक्त घटना सानो होस या ठूलो । तर विश्वमा यस्ता पनि अचम्मका सजायहरु दिइएका छन् जुन तपाइलाई सुन्दा अचम्म लाग्न सक्छ । यस्ता विभिन्न अनौठा सजायहरुबारे चर्चा गरौं ।

 

१. अमेरिकाको मिसौरीमा बस्ने डेभिड बेरी नाम गरेका व्यक्तिले सयौं हरिणको शिकार गरेका थिए । सन् २०१८ मा यसका लागि उनलाई दोषी ठहराउँदै अदालतले उसलाई एक वर्षसम्म कैद र कारागारमा रहँदा कम्तिमा एक महिनामा एकपटक ‘डिज्नी’को ‘बाम्बी कार्टुन’ हेनुपर्ने सजाय सुनाइएको थियो ।

 

२. सन् २००३ मा अमेरिकाको शिकागोमा बस्ने दुई पुरुषले क्रिसमसको दिन बेलुका चर्चबाट क्राइस्टको मूर्ति चोरेका थिए र त्यसलाई नोक्शान पुर्याएका थिए । यस मुद्धामा उनीहरुलाई दोषी पाउँदै दुवैलाई ४५ दिनको लागि जेल चलान गरियो भने यसको अलावा उनीहरुलाई आफ्नो गृहनगरमा एक गधासँगै मार्च गर्नका लागि पनि आदेश दिइयो ।

 

३. अमेरिकाका ओकलाहोमा बस्ने १७ वर्षीय टेलर एलरेडले मद्यपान गरेर सवारी चलाएको कारणले दुर्घटना हुँदा उसको एक साथीको मृत्यु भएको थियो । यो घटना २०११ को रहेको छ । उनलाई १० वर्षसम्म चर्च जानुपर्ने सजाय सुनाइयो ।

 

४. स्पेनको एन्डालुसियामा बस्ने एक २५ वर्षीय युवकलाई आफ्नो आमाबुबाले पकेटमनी बन्द गरिदिए । त्यसपछि उनीहरुलाई अदालतमा पेस गरियो । यद्यपी अदालतले उल्टै ती युवकको विरुद्धमा सजाय सुनायो की ३० दिनभित्र आफनो आमाबुबाको घर छोडिसक्नुपर्ने र आफ्नो खुट्टामा उभिनुपर्ने ।

 

५. बीबीसीको रिपोर्ट अनुसार, सन् ३००८ मा एन्ड्र्यु वेक्टर आफ्नो कारमा ठूलो आवाजमा संगीत सुनेको आरोपमा १२० पाउन्ड अर्थात आजको हिसाबमा १७ हजार ६ सय रुपैयाँको जरिवाना लगाइएको थिइो । उनी आफूलाई मनपर्ने –याप सुनिरहेका थिए । यद्यपी उनको जरिवाना ३० पाउन्डमा झारिनेछ जसमा उनले यसकाृ बदलामा २० घण्टासम्म बोथोपन, बाख र शोपेनको शास्त्रीय संगीत सुन्नुपर्नेछ ।

 


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #अनौठा सजायहरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
6:01 am6:18 pm +0545