देशैभर आगामी २४ घण्टा वर्षाको सम्भावना ,सतर्कता अपनाउन अनुरोध
काठमाडौं, १८ भदौ । जल तथा मौसम विज्ञान विभागले देशैभर आगामी २४ घण्टा वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन सूचित गरेको छ ।
मौषम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भु-भागमा औसत स्थान भन्दा केहि माथि र अन्य ठाउंमा औसत स्थान आसपास अवस्थित छ ।
मनसुनले देशभरकै मौसम अदलबदल हुने र त्यसले पार्ने पानीका कारण जनजीवन प्रभावित हुन सक्ने विभागको चेतावनी छ ।
यसबीचमा पहाडमा पहिरो जान सक्न तथा हवाई र सडक यातायात समेत प्रभावित हुन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।
बाढी पूर्वसूचना केन्द्रका अनुसार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे र आसपासको स्थानमा भारी वर्षा मापन भएको छ । जसका कारण भोटेकोशी बाह्रबिसेमा जलसतह करिब १ मिटर बढेको छ ।
साथै बंगालको खाडीको उत्तर-पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेको छ । सोहीकारण देशको विभिन्न स्थानमा वर्षाको सम्भावना औल्याइएको छ ।
महाशाखाका अनुसार देशभर सामान्य बदली रही धेरै स्थानहमा मेघ गर्जनरचट्टयांग सहित वर्षा हुने र थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
यसको प्रभावले पहाडि भु(भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना बुधबार, बिहीबार र शुक्रबारसम्म रहन सक्ने बताइएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #वर्षाको सम्भावना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्