चालीस अर्बको ठेक्का सेटिङ, दुई अर्ब हात पार्ने दाउमा मन्त्री महासेठ र डीजी
काठमाडौं, २४ असार । भौतिक पूर्वाधार तथा योजना मन्त्रालय, सडक विभागअन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयले ४० अर्ब रुपैयाँको ठेक्का सम्बन्धी म्याद थपको तीनवटा ठेक्काको एउटै प्याकेजमा राखेर सूचना जारी गरेपछि यसभित्रको रहस्य, चलखेल, मिलेमतो र सेटिङको खुलासा भएको छ । साँघु साप्ताहिकले समाचार छापेकाे छ ।
समाचार स्रोतको भनाइमा नेपाल समाचारपत्रको २०७६ असार ४ गतेको अंकमा ठेक्का बोलपत्रको म्याद थप सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित भएसँगै सेटिङको तथ्य पनि खुलेको हो ।
सो सूचनामा सूचना नं. ०१– २०७५/०७६, मिति २०७६।०१।१६, सूचना नं. ०२–२०७५/०७६ मिति २०७६।०१।१७ र सूचना नं. ०३/२०७५/०७६ मिति २०७६।०१।२५ गते प्रकाशित सूचनामार्फत आह्वान गरिएका सम्पूर्ण बोलपत्रहरूको म्याद थप गरिएको छ । बोलपत्रको अन्तिम पेश गर्ने मिति २०७६।०३।२७ गते १२ः०० र बोलपत्र खोल्ने अन्तिम मिति २०७६।०३।२७ गते दिउँसो १ः०० बजे राखिएको छ । र, प्रक्रिया पूरा गरेका सम्पूर्ण ठेकेदारहरूलाई समेत सो दिन बोलाइएको छ ।
स्राेतका अनुसार, ४० अर्बको ठूलो योजना सेटिङमा सञ्चालन गर्न र ठूलो रकम कमिसन हात पार्न मन्त्री रघुवीर महासेठसहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको शक्तिको आडमा सडक विभागको महानिर्देशक बन्न सफल केशवकुमार शर्मा लागिपरेको स्रोतको दाबी छ ।
त्यसैकारण आयोजनाको प्रमुखमा उपसचिव तहका कर्मचारी अशोक तिवारीलाई निमित्त प्रथम श्रेणी (सहसचिव)को जिम्मेवारी दिएर आयोजना प्रमुख बनाइएको छ ।
जबकि प्रथम श्रेणी(सहसचिव स्तर)का हुँदाहुँदै तिवारीसँग मोटो थैली हात पारेर मन्त्री महासेठले हुलाकी सडकको प्रमुख बनाएका छन् । मन्त्री, डीजीका लागि कमिसनको डिल गर्न माहिर मानिएका बिचौलिया तिवारीलाई निमित्त आयोजना प्रमुखको जिम्मेवारी दिइएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मन्त्रीबाट हट्ने हल्ला चलेको समयमा रु. ४० अर्बको ठेक्काको आव्हान गर्दा पूरा गर्नुपर्ने आधारहरू मुआब्जा वितरण, एईई आइईई र अख्तियारको निर्देशन पूरा नै नगरी सार्वजनिक खरिद नियम कानून उललंघन गरेर गरिएको छ ।
स्राेतका अनुसार, ४० अर्बको ठेककाको सेटिङ मिलाउन मन्त्री महासेठ, डीजी शर्मा र आयोजना निर्देशक तिवारी, सडक विभागका केही डीडीजीहरू आजभोलि साँझ विहान र शनिवार पनि ब्यस्त हुने गरेको मन्त्रालय स्राेत बताउछ ।
यही सिलसिलामा २०७६ असार २१ गते शनिवार पनि मन्त्री, सडकका डीजी, डीडीजी मन्त्रालयमा ब्यस्त रहेका थिए । ४० अर्बको ठेक्का सेटिङमा दिंदा ५ प्रतिशत पीसी हात लगाउँदा कम्तीमा पनि रु. २ अर्ब हात पर्ने सडक विभाग स्रोतको दावी छ ।
दैनिक नेपालबाट साभार
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मन्त्री महासेठ र डीजी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्