Techie IT
मंगलबार, वैशाख ९,२०८२

चालीस अर्बको ठेक्का सेटिङ, दुई अर्ब हात पार्ने दाउमा मन्त्री महासेठ र डीजी


काठमाडौं, २४ असार । भौतिक पूर्वाधार तथा योजना मन्त्रालय, सडक विभागअन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयले ४० अर्ब रुपैयाँको ठेक्का सम्बन्धी म्याद थपको तीनवटा ठेक्काको एउटै प्याकेजमा राखेर सूचना जारी गरेपछि यसभित्रको रहस्य, चलखेल, मिलेमतो र सेटिङको खुलासा भएको छ । साँघु साप्ताहिकले समाचार छापेकाे छ ।

समाचार स्रोतको भनाइमा नेपाल समाचारपत्रको २०७६ असार ४ गतेको अंकमा ठेक्का बोलपत्रको म्याद थप सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित भएसँगै सेटिङको तथ्य पनि खुलेको हो ।

सो सूचनामा सूचना नं. ०१– २०७५/०७६, मिति २०७६।०१।१६, सूचना नं. ०२–२०७५/०७६ मिति २०७६।०१।१७ र सूचना नं. ०३/२०७५/०७६ मिति २०७६।०१।२५ गते प्रकाशित सूचनामार्फत आह्वान गरिएका सम्पूर्ण बोलपत्रहरूको म्याद थप गरिएको छ । बोलपत्रको अन्तिम पेश गर्ने मिति २०७६।०३।२७ गते १२ः०० र बोलपत्र खोल्ने अन्तिम मिति २०७६।०३।२७ गते दिउँसो १ः०० बजे राखिएको छ । र, प्रक्रिया पूरा गरेका सम्पूर्ण ठेकेदारहरूलाई समेत सो दिन बोलाइएको छ ।

स्राेतका अनुसार, ४० अर्बको ठूलो योजना सेटिङमा सञ्चालन गर्न र ठूलो रकम कमिसन हात पार्न मन्त्री रघुवीर महासेठसहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको शक्तिको आडमा सडक विभागको महानिर्देशक बन्न सफल केशवकुमार शर्मा लागिपरेको स्रोतको दाबी छ ।

त्यसैकारण आयोजनाको प्रमुखमा उपसचिव तहका कर्मचारी अशोक तिवारीलाई निमित्त प्रथम श्रेणी (सहसचिव)को जिम्मेवारी दिएर आयोजना प्रमुख बनाइएको छ ।

जबकि प्रथम श्रेणी(सहसचिव स्तर)का हुँदाहुँदै तिवारीसँग मोटो थैली हात पारेर मन्त्री महासेठले हुलाकी सडकको प्रमुख बनाएका छन् । मन्त्री, डीजीका लागि कमिसनको डिल गर्न माहिर मानिएका बिचौलिया तिवारीलाई निमित्त आयोजना प्रमुखको जिम्मेवारी दिइएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मन्त्रीबाट हट्ने हल्ला चलेको समयमा रु. ४० अर्बको ठेक्काको आव्हान गर्दा पूरा गर्नुपर्ने आधारहरू मुआब्जा वितरण, एईई आइईई र अख्तियारको निर्देशन पूरा नै नगरी सार्वजनिक खरिद नियम कानून उललंघन गरेर गरिएको छ ।

स्राेतका अनुसार, ४० अर्बको ठेककाको सेटिङ मिलाउन मन्त्री महासेठ, डीजी शर्मा र आयोजना निर्देशक तिवारी, सडक विभागका केही डीडीजीहरू आजभोलि साँझ विहान र शनिवार पनि ब्यस्त हुने गरेको मन्त्रालय स्राेत बताउछ ।

यही सिलसिलामा २०७६ असार २१ गते शनिवार पनि मन्त्री, सडकका डीजी, डीडीजी मन्त्रालयमा ब्यस्त रहेका थिए । ४० अर्बको ठेक्का सेटिङमा दिंदा ५ प्रतिशत पीसी हात लगाउँदा कम्तीमा पनि रु. २ अर्ब हात पर्ने सडक विभाग स्रोतको दावी छ ।

दैनिक नेपालबाट साभार


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मन्त्री महासेठ र डीजी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545