गुठी विधेयक फिर्ता लिए पनि काठमाडौँको माइतीघरमा उर्लियो जनसागर (फोटोफिचर)
काठमाडौँ । सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाडौँको माइतीघरमा बुधबार विशाल प्रदर्शन भएको छ ।
गुठी विधेयक खारेज नै गर्नुपर्ने माग गर्दै #सम्बद्ध सरोकारवाला पक्षहरूले माइतीघरमा जनआन्दोलनकै झल्को दिने गरी प्रदर्शन गरेका हुन् ।
सरोकारवाला पक्षहरूको चर्को दबाब र विरोधका कारण सरकारले राष्ट्रियसभामा प्रस्ताव गरेको गुठी विधेयक मंगलबार फिर्ता लिएको थियो । सरकारले गुठी विधेयक फिर्ता लिए पनि त्यसक्रममा गुठीयारहरूमाथि अपमानजनक भाषाको प्रयोग गरेको भन्दै सरकारको विरोध भएको हो ।

विरोध प्रदर्शनका कारण पुरै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघरमा प्रदर्शन सुरू उपत्यकाका विभिन्न स्थानहरूबाट र्याली र जुलुस निकालिएको थियो ।
र्यालीमा नेवार समुदायका विभिन्न झाँकी र बाजागाजासहित प्रदर्शन गरिएको थियो । उपत्यकाका तीनवटै शहर काठमाडौँ, भक्तपुर र ललितपुरबाट प्रदर्शन हजारौं नेवार तथा गैरनेवार समुदाय प्रदर्शनमा उत्रिएका थिए ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गुठी विधेयक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्