Techie IT
बिहीबार, फागुन १,२०८१

गुठी विधेयक फिर्ता लिए पनि काठमाडौँको माइतीघरमा उर्लियो जनसागर (फोटोफिचर)


काठमाडौँ । सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाडौँको माइतीघरमा बुधबार विशाल प्रदर्शन भएको छ ।

गुठी विधेयक खारेज नै गर्नुपर्ने माग गर्दै #सम्बद्ध सरोकारवाला पक्षहरूले माइतीघरमा जनआन्दोलनकै झल्को दिने गरी प्रदर्शन गरेका हुन् ।

सरोकारवाला पक्षहरूको चर्को दबाब र विरोधका कारण सरकारले राष्ट्रियसभामा प्रस्ताव गरेको गुठी विधेयक मंगलबार फिर्ता लिएको थियो । सरकारले गुठी विधेयक फिर्ता लिए पनि त्यसक्रममा गुठीयारहरूमाथि अपमानजनक भाषाको प्रयोग गरेको भन्दै सरकारको विरोध भएको हो ।

विरोध प्रदर्शनका कारण पुरै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघरमा प्रदर्शन सुरू उपत्यकाका विभिन्न स्थानहरूबाट र्‍याली र जुलुस निकालिएको थियो ।

र्‍यालीमा नेवार समुदायका विभिन्न झाँकी र बाजागाजासहित प्रदर्शन गरिएको थियो । उपत्यकाका तीनवटै शहर काठमाडौँ, भक्तपुर र ललितपुरबाट प्रदर्शन हजारौं नेवार तथा गैरनेवार समुदाय प्रदर्शनमा उत्रिएका थिए । 



क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गुठी विधेयक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:41 am5:54 pm +0545