आइतबार पनि हावाहुरी र चट्यासिहत पानी पर्ने सम्भावना
काठमाडौं, १९ जेठ । उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भैरहेको छ । बिहान आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोतिर असिनासहित पानी आउने गरेको छ ।
मनसुन शुरू हुनुभन्दा पहिलेको समय भएकाले यस्तो मौसमी गतिविधि भैरहेको र प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभरको मौसम आइतबार पनि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । आइतबार दिउँसोपछि काठमाडौंसहित पूर्वी नेपालमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसमविद्हरुको पूर्वानुमान छ ।
भारतको झारखण्डमा विकशित भएको जलवाष्पयुक्त वायु पश्चिम नेपालबाट पूर्वतिर सर्दै गएकाले पूर्वी नेपालका धेरै ठाउँमा आइतबार हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #हावाहुरी र चट्यासिहत पानी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्