Techie IT
आईतबार, चैत्र ९,२०८१

वृद्धभत्ता बढ्यो, अब मासिक ३ हजार दिइने


काठमाडौँ, १५ जेठ । सरकारले वृद्धभत्ता बढाएको छ । हाल पाइरहेको मासिक दुई हजार रुपैयाँमा एक हजार थपेर मासिक ३ हजार बनाइएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए ।

उनले यसबाट देशभरका १३ लाख वृद्धहरु लाभाविन्त हुने बताए । यसैगरी, लोपोउन्मुख, सीमान्तकृतहरुको भत्ता पनि एक हजार बढाएको अर्थमन्त्री खतिवडाले बताए ।

बुधबार संघीय संसदको सयुंक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट प्रस्तुत गर्दै उनले वृद्धहरुको सम्मानका लागि सरकारले रकम बढाएको बताए ।

अघिल्लो वर्ष सरकारले वृद्धभत्ता नबढाएपछि चर्काे आलोचना भएको थियो ।


क्याटेगोरी : ब्रेकिंग न्युज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545