चन्द्रागिरी वन कब्जा गरेर व्यापारी चन्द्र ढकालको अबैध ‘साम्राज्य’
काठमाडौं, २७ वैशाख । विवादास्पद व्यापारी चन्द्र ढकालले सरकार वन कब्जा गरेर क्षेत्राधिकारभन्दा बाहिर गइ बनाएका भौतिक संरचना अवैधानिक रहेको पाइएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
ढकालको चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको छ ।
वातावरण विभागले चन्द्रागिरी हिल्सलाई कारबाहीका लागि वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।
अनुगमन क्रममा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उल्लंघन गरेको पाइएकाले वातावरण ऐन २०५३ को धारा १८ (१) अनुुसार कारबाही गर्न सिफारिस गरिएको स्रोतले जनाएको छ ।
चन्द्रागिरी हिल्सले होटेलको संरचना निर्माण गर्दा ईआईए प्रतिवेदनलाई बेवास्ता गरेको अध्ययनका क्रममा देखिएको प्रतिवेदनमा उल्लेख छ ।
अबैधानिक कार्य तुरुन्त बन्द गराउन सक्ने र त्यस्तो कार्य गर्ने कुनै व्यक्ति वा संस्थाले गरेको भए निजलाई कसुरको मात्रा हेरी एक लाख रुपियाँसम्म जरिवाना गर्न सकिने कानूनी व्यवस्था छ ।
विभाग महानिर्देशक नारायणप्रसाद सापकोटाले विभागलाई कारबाही गर्ने अधिकार नभएकाले मन्त्रालयसमक्ष सिफारिस गरिएको बताएका छन् ।
चन्द्रागिरी हिल्सले बनाएका संरचना ईआईए प्रतिवेदनमा उल्लेख भएजस्तो वातावरणमैत्री र कटेज नभई कंक्रिट टावर बनाएको छ ।
०६९ भदौ १९ मा स्वीकृत चन्द्रागिरीको ईआईए प्रतिवेदनमा वातावरणमैत्री ४० वटा कटेज निर्माण गरिने उल्लेख छ । तर, सहमति विपरित कंक्रिटका भवन बनाएर विवादास्पद व्यापारी ढकालले राज्यलाई ठाडो चुनौती दिएका छन् ।
चन्द्रागिरी हिल्सले निर्माण गरेको केवल कार र होटेलको शुरूदेखि नै विवाद र विरोध हुँदै आएको छ । तर, ढकालले राज्यलाई जबर्जस्ती पेलेर संरचनाहरू बनाएको प्रतिवेदनले नै देखाएको छ ।
स्वीस बैंकमा नेपालबाट अर्बौं रुपियाँ राखेको भनेर केही समय अगाडि ढकालको नाम खोजपत्रकारिता केन्द्रले सार्वजनिक गरेको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #चन्द्र ढकाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्