Techie IT
शुक्रबार, फागुन २,२०८१

बैशाख २३ काे बन्द हाम्राे हाेइन : विप्लव


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले बैशाख २३ गते बन्दको कुनै कार्यक्रम नराखेको स्पष्ट पारेको छ ।

सार्वजनिक गरेका आफ्ना कार्यक्रमहरूका आधारमा नै पार्टी अगाडि बढिरहेको हुनाले पार्टीले अहिले बन्दको कुनै पनि कार्यक्रम नराखेको कारण भ्रममा नपर्न नेकपाले आग्रह गरेको छ ।

सामाजिक सञ्जालहरूहरूमा नेपाल बन्दको समाचारहरु व्यापक रूपमा आइरहेको अवस्थामा उक्त बन्द आफ्नो पार्टीले नराखेको नेकपाले स्पष्ट पारेकाे हो ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #विप्लव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545