योजनाबद्ध विकासले मात्रै देशले समृद्धि हासिल गर्छ : पूर्व मन्त्री भुसाल
ललितपुर ।पूर्व मन्त्री, सांसद तथा नेकपाकी प्रभावशाली नेतृ पम्फा भुषालले योजनाबद्ध विकासबाट मात्रै देशले समृद्धि हासिल गर्ने बताएकी छन् । ललितपुर महानगरपालिका ०५ नम्बर वडाद्वारा शनिबार आयोजित शुभकामना आदान प्रदान तथा सार्वजनिक सुनुवाई कार्यक्रम माझ नेतृ भुषालले उक्त धारणा राखेकी हुन ।
नेतृ भुषालले कार्यक्रम माझ बोल्ने क्रममा आउदो आर्थिक बर्षमा लगनखेल स्थित पोखरी पुनर्निर्माणमा सांसद कोष मार्फत सहयोग गर्ने प्रतिबद्धता समेत जनाईन् । त्यसैगरि कार्यक्रम माझ प्रदेश सांसद राजकाजी महर्जनले पोखरी पुनर्निर्माणमा कोषमार्फत पचास लाख सहयोग गर्ने घोषणा गरेको जानकारी गराईइको थियो । कार्यक्रममा पूर्व मन्त्री सुशिला नेपालले ललितपुर महानगरपालिका ०५ नम्बर वडाले नमुनायोग्य कार्य गर्दै आएको बताउदै वडामा देखिने समस्यालाई निकास दिन वडा कार्यालय सफल हुने विश्वास ब्यक्त गरिन ।

त्यसैगरि सभापतिको आसनबाट कार्यक्रम माझ बोल्दै ललितपुर ०५ नम्वर वडाका अध्यक्ष विकासमान श्रेष्ठले वडाले विकास निर्माण, सामाजिक विकास जस्ता जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका वडा ईकाई अध्यक्ष सानुलाल श्रेष्ठले दलगत स्वार्थ भन्दा गुण र दोषका आधारमा कामको मुल्यांकन हुनुपर्ने बताउदै ललितपुर ०५ नम्वर वडाले राम्रो काम गर्दै आएको बताएका थिए ।
कार्यक्रममाझ वडा सदस्यहरु अशोक श्रेष्ठ, शोभादेबी प्रधान श्रेष्ठ, मैया रिजाल र पुनम निरौलाले वडा कार्यालयबाट जनताका काम छिटो छरितो र प्रभावकारी तवरले सम्पन्न गर्न जनप्रतिनिधीका हैसियतले आफूहरु प्रतिबद्ध रहेको बताए । सोही कार्यक्रम माझबाट पूर्वमन्त्रीद्धय पम्फा भुषाल, शुशिला नेपाल र प्रदेश सांसद राजकाजी श्रेष्ठले वडाको श्वेत पत्र एबम् पात्रोको अनावरण गरेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #पम्फा भुषाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्