नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधारल्याउनुपर्छः प्रधानमन्त्री ओली
२७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा व्यक्त गरेका हुन् ।
विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानूनभन्दा बाहिर गएर व्यवहार गर्दा पर्यटकले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । “सबैभन्दा पहिला विमानस्थलका अधिकृतलाई तालीम दिनुपर्दछ, उनीहरुलाई दम्भ छोड भन्नुपर्छ, देशको ‘इमेज’ बिग्रने गरी पर्यटकसँग व्यवहार गर्नु भएन, विमानस्थलमा त नेपालका बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो”, प्रधानमन्त्री ओलीले थपे ।
प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्षको तयारीका लागि सबै क्षेत्रलाई एकजुट भएर लाग्न आग्रह गरे । सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न, सडक सफा गर्न, होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसलाई पर्यटकमैत्री व्यवहार गर्न सिकाउनुपर्नेमा उनले जोड दिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #विमानस्थलका कर्मचारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्