काठमाडौंका फुटपाथ पसल हटाईंदै , हेर्नुहोस ,कहाँ कहाँबाट हटाईदैं
काठमाडौं । उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाईने भएको छ । फुटपाथ अतिक्रमणले ट्राफिक व्यवस्थापनमा समस्या बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले फुटपाथ पसल हटाउने भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हालै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउने भएको हो । महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि प्रदूषण नियन्त्रण गर्ने, करिडोर खोल्ने, जेब्राक्रसिङ र लेनलाई विशेष व्यवस्थापन गर्ने योजना अगाडि सारेको छ । आकाशे पुल निर्माण गर्ने, ट्राफिक भोलेन्टिर निर्माण गर्ने लगायतका काम पनि महाशाखाको कार्ययोजना भित्र समेटिएका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन यही चैत २१ गतेदेखि नै उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए ।
कहाँ कहाँबाट हट्दैछ फुटपाथ पसल ?
ट्राफिक प्रहरी महाशाखाले अन्य सरोकारवाला निकायको समन्वयमा उपत्यकाका विभिन्न क्षेत्रका फुटपाथ अतिक्रमण हटाउने कार्ययोजना अगाडि सारेको छ । महाशाखाले पहिलो चरणमा पुरानो वानेश्वरदेखि सिनामङ्गलसम्म, पिङ्गलास्थानदेखि गौशाला चोकसम्म, कोटेश्वर वरीपरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, त्रिपुरेश्वरदेखि कलङ्कीसम्मको फुटपाथ पसल हटाउने छ । त्यस्तै चावहिलदेखि जोरपाटीसम्म, थापाथलीदेखि लगनखेलसम्मका फुटपाथ हटाउने छ । यससँगै महाशाखाले जथाभावी फुटपाथ पार्कीङलाई समेत हटाउने भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये ११ लाख हाराहारीमा सवारी साधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #फुटपाथ पसल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्