कृषिलाई पन्ध्रौँ योजनामा प्राथमिकता: अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले १५ औँ योजनामा कृषिमा आधारित उद्योग स्थापना गरेर उत्पादकत्व वृद्धि गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
पन्ध्रौँ योजनाको मस्यौदा आधार पत्रलाई अन्तिम रुप दिन आज आयोजित राष्ट्रिय विकास परिषद् बैठकको उद्घाटनमा उहाँले सैद्धान्तिक शिक्षालाई कम गर्दै व्यावहारिक, व्यावसायिक र प्राविधिक शिक्षा दिने गरी नीतिगत व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
“परिवर्तनको महत्वलाई आत्मसात गर्ने गरी योजना बनाइनुपर्छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने गरी पन्ध्रौँ योजना बन्नुपर्छ, परिवर्तनको नियति विगतको जस्तो नहुने गरी योजना बनाइनुपर्छ, परिवर्तनलाई दिगो बनाउन राष्ट्रिय योजना आयोगको महत्वपूर्ण भूमिका हुन्छ”, नेता दाहालले भन्नुभयो ।
वर्ग विभेद घटाउने, समतामूलक सामाजिक न्याय स्थापित गर्ने खालका योजना बनाउन उहाँले आयोगलाई सुझाव दिनुभयो । दुई तिहाई बहुमतको अवसर सदुपयोग हुनेगरी जनतामाझ गरिएका प्रतिबद्धता पूरा गर्न १५ औँ योजनाको भूमिका हुने पूर्वप्रधानमन्त्री दाहालले बताउनुभयो ।
समृद्ध नेपालको नारालाई कामले पूरा गरी जनतामा निराशा आउन दिनु नहुने उहाँको भनाइ छ । त्यसो गर्न नसक्दाको अवस्था भयावह हुने भएकाले सचेत भएर काम गर्न पनि नेता दाहालले आह्वान गर्नुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कृषिलाई पन्ध्रौँ योजना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्