यातायात क्षेत्रको सिण्डिकेट कायमै
सरकारले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) अन्त्य भइसकेको घोषणा गरे पनि यातायत क्षेत्रको व्यवसायीले निर्वाधरुपमा देशभर यातायात सञ्चालन गर्न अझै कठिन रहेको गुनासो गरेका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आज यहाँ आयोजना गरेका ‘नेपालमा सिण्डिकेटरहित यातायत सेवाको आवश्यकता र चुनौती’ विषयको अन्तक्र्रियामा सहभागी व्यावसायीले व्यवहारतः अहिले पनि सिण्डिकेट कायम रहेको जिकिर गरे । पेशागत हकहित र मर्यादालाई संस्थागत गर्दै यातायात क्षेत्रको गुणस्तरीयता, विश्वसनीयता, सुरक्षा, सहज उपलब्धता, सामाजिक सुरक्षालगायत कार्यक्रम घोषणा गर्दै व्यवसायी अघि बढे पनि स्वतन्त्ररुपमा व्यवसाय सञ्चालन गर्न नपाएको गुनासे गरे ।
महासङ्घका अध्यक्ष होमप्रसाद अधिकारीले यातायात क्षेत्रमा अधिपत्य जमाएर बसेको सिण्डिकेटधारी केही व्यवसायीले अहिले पनि अनेक भ्रम सिर्जना गर्दै सिण्डिकेट अन्त्यको निर्णय उल्ट्याउन लागिपरेको बताउनुभयो । उहाँले एकाधिकार चाहने यातायात सङ्घ तथा समितिलाई यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण गर्नुपर्ने समयसीमा पटकपटक थप गर्ने निर्णयले सरकारको दोहोरो भूमिका देखिएको बताउनुभयो ।
यात्रु र ढुवानी सेवामा भारतीय गाडीको दबदबा रहेको जिकिर गर्दै अध्यक्ष अधिकारीले अनधिकृतरुपमा नेपाल प्रवेश गर्ने ती भारतीय सवारी साधन नेपाल सरकारले नियमन गर्नुपर्ने बताउनुभयो । महासङ्घका महासचिव गणेश उप्रेती सिण्डिकेटरहित गुणस्तरीय यातायात सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहभागीले विकास र समृद्धिको मेरुदण्डका रुपमा रहेको सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन व्यवसायी स्वयं अग्रसर भएर लाग्नुपर्ने बताएका थिए । सो महासङ्घमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकृत भएका १५० भन्दा बढी कम्पनी आबद्ध छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #यातायात क्षेत्रको सिण्डिकेट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्