विप्लव–प्रकाण्डबीच विवाद रहेको हल्ला फैलाएर भ्रम छर्नेहरुमाथि नेकपाको निगरानी
नेपाल कम्युनिस्ट पार्टीले पार्टी नेतृत्व र प्रवक्ताबीच असमझ्दारी रहेको भनेर झुठो सूचनाको खेती गर्नेहरुमाथि निगरानी थालेको छ ।
पछिल्लो समयमा संचार क्षेत्रबाटै सुनियोजित रुपमा त्यस्तो झुठा सूचना उत्पादन गर्ने र प्रवाह गर्ने श्रृंखला नरोकिएको भन्दै त्यस्ता पात्रहरुमाथि कडा निगरानी थालिएको हो ।
यही शनिबार पार्टीको उपत्यका विशेष ब्यूरोको राजधानीमा सम्पन्न गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा पार्टी नेतृत्व र पार्टीविरुद्ध झुठा सूचना प्रवाह गर्ने काम जिम्मेवारी संचार संस्थाहरुबाटै बढवा दिइरहेको उदाहरण प्रस्तुत गर्दै त्यसबारे सजग कार्यकर्ताहरुलाई निर्देशन दिइयो ।
प्रशिक्षण कार्यक्रमका प्रमुख ब्यूरो ईन्चार्ज एवं नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रज्वलले पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशामा नेपाली क्रान्तिको लहर व्यापक बन्दै गएपछि दुश्मनलाई फाइदा पुग्ने गरी केही समाचार माध्यमले सुनियोजित रुपले झुठा समाचारको खेती गरिरहेको बताए ।
‘अरु केही नपाएपछि विप्लव–प्रकाण्डबीच विवाद रहेको भनेर नेपाली क्रान्तिको शत्रुलाई फाइदा पुग्ने किसिमबाट जिम्मेवारी संचार संस्थाहरुबाट पार्टीविरद्ध समाचार निरन्तर प्रकाशन भइरहेको छ । यसबाट कमरेडहरु कोहीपनि भ्रमित हुनु हुँदैन’ ईन्चार्ज प्रज्वलले भने । झुठा समाचारको रचनामा पार्टीले कारवाही गरेका पात्रहरुलाई प्रयोग गरिरहेको बताउँदै त्यस्ता संस्था र पात्रहरुमाथि निगरानी राख्न समेत भने ।
‘हामीले के भनेका छौं र ? खाली देशलाई स्वाधीन बनाउने कुरा गरेका छौं । नागरिकलाई अधिकार सम्पन्न बनाउने र विदेशीको गुलामबाट सधैंका लागि छुटकारा दिलाउने भनेका छौं’ प्रज्वलले प्रश्न गरे ‘के यसो भन्नु र गर्नु अपराध हो ? सरकारले संरक्षण दिइरहेको भ्रष्टचार, तस्कर र कालाबजारियालाई जनतामाझ् कारवाही गर्नु गलत भयो ? त्यसैले गलत झुठा समाचार दिनेहरुसँग हरक्षण सतर्क रहनुस् ।’
संचार क्षेत्रबाटै पार्टीभित्र हुँदै नभएको विषयलाई विवाद रहेको भनेर दुष्प्रचार गरिरहेको बताए । उनले भने ‘पाटी महासचिव विप्लव र प्रवक्ता प्रकाण्डबीच हुँदै नभएको कुरालाई विवाद रहेको भनेर झुठा समाचार दिएर केही संचारमाध्यमले जनविरोधी र दलाल पुँजीवादको पक्षपोषण गरिरहेको छ । त्यसलाई निस्तेज गर्न आजैबाट लाग्नुपर्छ ।’
पछिल्लो समयसम्म आइपुग्दा पार्टी निकट जनवर्गीय संगठनमा समस्या आएको भनी संचारमाध्यमहरुमा निरन्तर भ्रामक समाचार आइरहेको बेला पार्टीको यो भनाई आएको हो । प्रवक्ता प्रकाण्डलाई गिरफ्तारपछि झुठा अभियोगमा देशभर घुमाइरहेको बेला केही संचारमाध्यमले पार्टी नेतृत्वविरुद्ध विषवमन गरेका थिए ।
यसै विषयलाई अर्का केन्द्रीय सदस्य आदर्शले पुस ७–८ मा बुटवलमा सम्पन्न पार्टीनिकट क्रान्तिकारी पत्रकार संगठन नेपालको दोस्रो पूर्ण बैठकमा पार्टी नेतृत्वमाथि हिलो छ्याप्ने षडयन्त्र दलाल संसदीय राज्यसत्ताले योजनावद्ध रुपमा गराइरहेको बताए । ‘महासचिव र प्रवक्ताबीच हुँदै नभएको विवाद देखाएर दुश्मनले अगाडि बढिरहेको परिवर्तनको क्रान्तिलाई रोक्न दुस्प्रयास गरिरहेको छ । त्यसमा संचारकर्मीले सचेतना अपनाएर सत्यतथ्य सूचना दिएर जनपक्षीय पत्रारिताको कर्तव्य निभाउन आवश्यकता छ’ नेता आदर्शले भने ।
‘विप्लव र प्रकाण्डबीच विवाद छैन भनेर हामीले भन्दापनि मान्नुपर्छ । तर यहाँ त प्रवक्ता स्वयम्ले नै छैन भन्दापनि केही पत्रकार चाहिंछ विवाद कि छ भनेर भन्याभन्यै गर्छन्’ बैठकमा उनले भने ‘त्यस्ता पत्रकारलाई शंका गर्नुपर्छ ।’ अहिले क्रान्तिमा उत्तर साम्राज्यवाद र दलाल पूँजीवादले क्रान्तिलाई बद्नाम गराएर असफल तुल्याउन सूचना र संचार क्षेत्रलाई अग्रपृष्ठमा राखेर गोयबल्स शैलीमा प्रयोग गरिरहेको उनको भनाई थियो ।
क्रान्तिकारीहरु पार्टीको हकमा ल्याइने झुठा सूचना र समाचारलाई आवश्यक परे सयौंपटक झुठा र गलत हो भन्न तयार रहेको बताए । झुठा समाचारको खेती नगर्न समेत उनले आग्रह गरेका थिए ।
स्मरणीय छ, पार्टीविरुद्ध सुराक गरेको ठहर गर्दै क्रान्तिकारी पत्रकार संगठनकै पाँच पत्रकारलाई एकैपटक निस्कासन गरिसकेको छ भने पटपटक गरी थप आधा दर्जनलाई निस्कासन गरेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #विप्लव–प्रकाण्डबीच विवाद
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
- ८कान्ति अस्पतालको दर्दनाक घटना, यतिसम्म हुन्छ लापरबाही !
तपाईको कमेन्ट लेख्नुहोस्