शान्ति सुरक्षा कायम गर्न सरकार सफल : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभयो, “मुलुकमा भइरहेका महिला हिंसालगायत विभिन्न घटनामा संलग्नलाई कानूनी कठघरामा उभ्याउन सरकार सफल भएको छ ।”
गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्या जघन्य अपराध भएको उल्लेख गर्दै घटनामा संलग्नलाई कानूनी कठघरामा ल्याउन सरकार दृढ रहेको दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाको अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकृतलाई समेत कारवाही गरिसकिएको छ ।”
गृहमन्त्री थापाले सुन तस्करको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको बताउँदै ३३ किलो सुन प्रकरणमा संलग्नलाई कानूनको कठघरामा ल्याइएको छ, सुन तस्करीका केही नाइकेलाई छिट्टै पक्राउ गरेर कारवाही गरिने बताउनुभयो ।
तस्करले फेरि पनि नयाँ बाटो प्रयोग गरेर छिटफुट सुनको तस्करी भइरहेको जानकारी आएको बताउँदै ती रुटलाई पनि ध्वस्त पार्न सरकार लागिपरेको स्पष्ट पार्नुभयो । पूर्व राजदूत केशव झाको हत्याको घटनाको अनुसन्धान भइरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले सो घटनासँग सम्बन्धित विषयलाई अनुसन्धान गर्न विधि विज्ञान प्रयोगशालामा पठाइएको बताउनुभयो ।
मुलुकमा जुनकुनै प्रकारको एकाधिकारको अन्त्य भइसकेको बताउँदै उहाँले भन्नुभयो, “नयाँ कानून निर्माण गरेर भएपनि सिण्डिकेटको अवस्था अन्त्य गरेरै छाड्छौँ ।” उहाँले सर्वसाधारणलाई सिंहदरबारमा सहज प्रवेशका लागि सुरक्षा व्यवस्थामा कुनै असर नपर्ने गरी योजना निर्माण गरिरहेको उल्लेख गर्नुभयो ।
गृहमन्त्रीले विभिन्न राजनीतिक आन्दोलनमा मृत्युवरण गरेका व्यक्तिलाई शहीद घोषणाको प्रक्रिया अघि बढाइएको र केही समयअघि करीब तीन हजार सेना, प्रहरीलाई शहीद घोषणा गरिएको बताउनुभयो ।
यसअघि राष्ट्रियसभा सदस्य कोमल वलीले आश्रममा आनीमाथि दुव्र्यवहार गर्ने रामबहादुर बम्जनमाथि तत्काल कारवाही गर्न माग गर्नुभयो । अर्का सदस्य जीतेन्द्रनारायण देवले तराईमा हुने आगलागीको घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । छलफलमा अन्य सदस्यहरुले मुलुकमा भइरहेका हत्या, हिंसाका घटनाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद वृषेशचन्द्र लालले जुनसुकै बहानामा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्नुपर्ने बताउनुभयो । यस्तै सांसद सरिता प्रसार्इंले काष्ठमण्डप पुनः निर्माणमा दुई प्रकारको काठ प्रयोग गरिएको भन्दै नयाँ र पुरानो काठ प्रयोग नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #रामबहादुर थापा
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५काठमाडौको तारकेश्वर भयानक दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु
- ६नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ७काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ८नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
तपाईको कमेन्ट लेख्नुहोस्