टुँडीखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने दिन भएको बताएका छन्। ६९औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले आजको दिन विगतमा भए गरेका कमजोरीको समीक्षा गर्दै प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्ने र अघि बढ्न संकल्प गर्ने दिन रहेको बताए।
दिवसका अवसरमा फागुन ६ गते दिपावलीसँगै उपत्यकाका महानगर र नगरपालिकाले आआफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं व्यानरसहित नगरको सरसफाइ र सजावट गर्ने कार्यक्रम तय गरिएको थियो । राष्ट्रपतिको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा सेनाले बिगुल बजाउने, तोप र बन्दुकबाट बढाइँ गर्ने, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि र बेलुन उडाउने तथा शहीदको आत्माको चिरशान्तिको कामनाका साथ पूजापाठ र प्रार्थनाको कार्यक्रम गरि प्रजातनत्र मनाइएको छ ।
विसं २००७ फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।
भिडियोमा हेर्नुहोस नेपाली सेनाको मार्च र्पास र सांगेतिक कार्यक्रम
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #प्रजातन्त्र दिवस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्