नेकपाको स्थायी कमिटी बैठकः भीम रावलको ३४ बुँदे लिखित सुझाव
नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठकमा मंगलबार ८ जना सदस्यले आ–आफ्नो धारणा राखेका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राजनीतिक प्रतिवेदनमाथि स्थायी समिति सदस्यहरुले धारणा राखेका हुन् ।
मंगलबारको बैठकमा स्थायी समिति सदस्यहरू भिम रावल, शंकर पोख्रेल, केशव बडाल, पृथ्वीसुब्बा गुरुङ, सत्यनारायण मण्डल, टोपबहादुर रायमाझी, योगेश भट्टराई र सोमनाथ अधिकारीले धारणा राखेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आज आफ्नो धारणा राख्ने अधिकांश नेताहरूले सरकारको र नेतृत्वको बचाउ गर्दै आफ्नो धारणा राखेका छन ।
बैठकमा भीम रावलले नेतृत्वलाई १४ पृष्ठ लामो लिखित सुझाव नै पेश गरेका छन । उनले राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेण्डा बनाएर छलफल गर्न माग समेत गरेका छन । अन्य नेताहरुले पनि पार्टी र सरकारभित्र देखिएका केही कमिकमजोरीलाई सुधार गर्दै जनतामा आशा छर्ने काम गर्दै जानुपर्नेमा जोड दिएका छन । बैठक बुधबार विहान ८ बजे पुनः धुम्बाराहीमा बस्नेगरी स्थगित भएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपाको स्थायी कमिटी बैठकः
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्