संविधानको ढाँचा अनुसार काङग्रेसको विधान
नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको ढाँचा अनुसार पार्टीको विधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकर सम्मेलनमा उहांले संविधान बमोजिम पार्टीको विधान र संरचना तयार भएमा पार्टीले गति लिने बताउनुभयो । उहाँले काङ्ग्रेस महासमिति बैठक पार्टीमा ऊर्जा दिन र विधानलाई समावेशी चरित्रको बनाउने गरी व्यापक छलफल हुने भन्दै अगामी महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन हुने धारणा राख्नुभयो ।
नेता सिंहले सरकारमा काङ्ग्रेसले प्रतिपक्षको भूमिकालाई सशक्त पार्न नसके पनि जनताका विषयमा निरन्तर आवाज उठाइरहेको बताउँदै सरकारले जनताले दिएको अवसर पूर्ण सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले जनताले अनुभूति गर्न सक्ने किसिमको महङ्गी नियन्त्रण, शान्ति सुरक्षा र विकासमा सरकारले विशेष ध्यान दिन सुझाव दिनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #काङग्रेस विधान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्