सरकारी निकायका कर्मचारीहरू मनपरीरूपमा विदेश भ्रमण ,दुई महिनामा आठ सय विदेश भ्रमणमा
काठमाडौँ । सरकारी निकायका कर्मचारीहरू मनपरीरूपमा विदेश भ्रमण जान थालेपछि सरकारले यसको व्यवस्थापनका लागि गत वैशाखमा वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ जारी गर्यो । तर, अझै कर्मचारी विदेश भ्रमण रोकिएको छैन । जसका कारण राज्यलाई आर्थिक भार परेको छ त नै सेवा प्रवाह तथा त्यसको औचित्यसमेत पुष्टि हुन सकिरहेको देखिँदैन ।
कतिपय सरकारी निकायले वार्षिक कार्यक्रमभित्रै विदेश भ्रमण राख्ने गरेका छन् भने कतिपय कर्मचारीहरू विदेशी संस्थाले खर्च व्यहोर्ने भन्दै विदेश जाने गरेको पाइएको स्रोत बताउँछ ।
निर्देशिकाको दफा ८ मा वैदेशिक भ्रमणको स्वीकृतिको लागि पेश गर्दा भ्रमण गर्ने मुलुक, भ्रमणको उद्येश्य, कार्यक्रम र किसिम, भ्रमणबाट अपेक्षित नतिजा, भ्रमण टोलीको नेतृत्व वगर्ने पदाधिकारी, भ्रमणमा सहभागी हुने सदस्यहरूको दर्जा समेत खुलाउनु पर्ने व्यवस्था छ ।
यसैको (२) मा विदेश भ्रमण जानुपूर्व अर्थ मन्त्रालयको स्वीकृति आवश्यक पर्ने व्यवस्था छ । तर, यो नियमलाई पनि कतिपय सरकारी निकायले बेवास्ता गरेको पाइएको छ ।
दुई महिनामा आठ सय विदेश भ्रमणमा
चालू आर्थिक वर्षको साउन र भदौमा मात्रै मन्त्रालय तथा अन्तर्गतका निकायबाट गरी ८ सय बढी कर्मचारीले विदेश भ्रमण गरे । सबैभन्दा बढी सङ्ख्यामा विदेश भ्रमणमा जाने ५ मन्त्रालहरुमा क्रमशः रक्षा २१९, गृह १२२ (सेना प्रहरीको नियमित मिसन) पछि पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन ९१ र दोस्रोमा वन तथा वातावरण ७७ जना र तेस्रोमा स्वास्थ्य जनसङ्ख्या मन्त्रालय ४८ जना रहेका थिए ।
यसमा सबैभन्दा बढी दिन बिताउनेमा भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पहिलो नम्बरमा छ । यहाँका कर्मचारीले २४८ दिन विदेशमा बिताए । दोस्रोमा वन तथा वातावरण मन्त्रालय छ । यहाँका कर्मचारीले २ सय १९ दिन विदेशमा बिताए ।
अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र खानेपानी मन्त्रालय पनि अग्रस्थानमै देखिएका छन् ।
वैदेशिक भ्रमणलाई व्यवस्थित तथा मितव्ययी बनाउन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हरेक महिना विदेश भ्रमणमा गएका कर्मचारीको विवरण लिने गरेको छ ।
ओबिआरमा नेपालले हस्ताक्षर गरेपछि सबैभन्दा बढी कोटा चीनले दिएको छ । सेप्टेम्बरदेखि नोवेम्बरसम्म सय जनाभन्दा बढीको टोली चीन पुगिसेको उच्च स्रोतले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कर्मचारीहरू मनपरीरूपमा विदेश भ्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्