नेकपालाई टक्कर दिन नुवाकोटमा आक्रामक संगठन बिस्तारमा राप्रपाका नेता लोहनी

एराप्रपा(राष्ट्रवादी) वेलकोटगढी नगरपालिकाको नगरकार्य समिति एक समारोह विच गठन गरिएको छ । प्रमुख अतिथि पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको उपस्थितमा माधव पौडेलको संयोजकत्व तथा गंगामाया तामाङको सहसंयोजकत्वमा सर्बसम्मत रुपमा कमिटी गठन गरिएको हो ।
कमिटिको सदस्यमा मोहन तामाङ,मान वहादुर लामा,जंग वहादुर गुरुङ,सोमराज ढुगाना सहित १५ जना रहेको सो पार्टिले जनाएको छ । जिल्लामा बलियो संगठन रहेको सत्तारुढ नेकपालाई टक्कर दिनेगरी बैकल्पीक राजनितिक शक्ती निर्माणमा जुटेको पार्टिका सहप्रबक्ता जनक पाठकले जानकारी दिनुभयो ।
प्रमुख समस्या भ्रष्टाचारः लोहनी
कार्यक्रममा प्रमुख अतिथी पार्टी अध्यक्ष प्रकाशचन्द लोहनीले भ्रष्टाचारकै कारण देशमा आर्थिक विकास र समृद्धि हुन नसकेको भन्दै भ्रष्टाचार निवारण गरी आर्थिक विकास एवं रोजगारी सिर्जना गर्न सरकारले प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले देशमा प्राविधिक शिक्षासँगै रोजगारी सिर्जना गर्ने र दक्ष जनशक्तिले स्वरोजगार बन्ने अवस्थाको सिर्जना गराउने अभियानमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टी महामन्त्री श्याम तिमिल्सिना, उकास सदस्य झनक प्याकुरेल, सहमहामन्त्री मिना शाहि, युवाशक्ति अध्यक्ष एवं केन्द्रीय सदस्य राजु लोहनी, किसान संयोजक एवं केन्द्रीय सदस्य तेज खरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #राप्रपा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्