नेकपालाई टक्कर दिन नुवाकोटमा आक्रामक संगठन बिस्तारमा राप्रपाका नेता लोहनी
एराप्रपा(राष्ट्रवादी) वेलकोटगढी नगरपालिकाको नगरकार्य समिति एक समारोह विच गठन गरिएको छ । प्रमुख अतिथि पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको उपस्थितमा माधव पौडेलको संयोजकत्व तथा गंगामाया तामाङको सहसंयोजकत्वमा सर्बसम्मत रुपमा कमिटी गठन गरिएको हो ।
कमिटिको सदस्यमा मोहन तामाङ,मान वहादुर लामा,जंग वहादुर गुरुङ,सोमराज ढुगाना सहित १५ जना रहेको सो पार्टिले जनाएको छ । जिल्लामा बलियो संगठन रहेको सत्तारुढ नेकपालाई टक्कर दिनेगरी बैकल्पीक राजनितिक शक्ती निर्माणमा जुटेको पार्टिका सहप्रबक्ता जनक पाठकले जानकारी दिनुभयो ।
प्रमुख समस्या भ्रष्टाचारः लोहनी
कार्यक्रममा प्रमुख अतिथी पार्टी अध्यक्ष प्रकाशचन्द लोहनीले भ्रष्टाचारकै कारण देशमा आर्थिक विकास र समृद्धि हुन नसकेको भन्दै भ्रष्टाचार निवारण गरी आर्थिक विकास एवं रोजगारी सिर्जना गर्न सरकारले प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले देशमा प्राविधिक शिक्षासँगै रोजगारी सिर्जना गर्ने र दक्ष जनशक्तिले स्वरोजगार बन्ने अवस्थाको सिर्जना गराउने अभियानमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टी महामन्त्री श्याम तिमिल्सिना, उकास सदस्य झनक प्याकुरेल, सहमहामन्त्री मिना शाहि, युवाशक्ति अध्यक्ष एवं केन्द्रीय सदस्य राजु लोहनी, किसान संयोजक एवं केन्द्रीय सदस्य तेज खरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #राप्रपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्