डाक्टरको चरम लापरबाही: मुटुरोगीलाई ग्याष्ट्रीक भन्दै औषधी दिदा ज्यानै गयोको चरम लापरबाही: मुटुरोगीलाई ग्याष्ट्रीक भन्दै औषधी दिदा ज्यानै गयो

दशैँको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर अस्पताल आइपुग्नुभयो ।
बिदाको दिनमा ओपिडी सेवा बन्द हुने भएपछि आकस्मिक कक्षमा रहेका चिकित्सकलाई स्वास्थ्य परीक्षण गराउनुभयो । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले देब्रे छाती दुखेको ग्यास्ट्रिकका कारणले भन्दै ग्यास्ट्रिकको औषधि दिएर पठाइदिनुभयो ।
भोलिपल्ट फेरि छाती दुखेर मध्यपुर अस्पताल पुग्दा मुटुको सबै उपचार सेवा छ भनेर प्रचार गर्दै आएको यो अस्पतालले पनि इसिजी गरेर बिरामी बचाउन आवश्यक थप उपचार नगरी सिधै गङ्गालाल अस्पताल रिफर गरेपछि गङ्गालाल पु¥याउँदा उहाँको निधन भयो । हृदयाघातकै कारण निधन भएको गङ्गालाल अस्पतालले पुष्टि ग¥यो ।
उपचारका लागि शुरुमा आएको भक्तपुर अस्पतालका चिकित्सकको लापर्वाहीले ज्यानै गएको स्थानीय बासिन्दा बताउँछन् । पीडित परिवारले भने भक्तपुर अस्पतालले इसिजी गरेर गङ्गालाल अस्पताल लैजान सुझाब मात्रै दिएको भए पनि ज्यान बचाउन सकिनेमा चिकित्सकले बिरामीलाई गम्भीर रुपमा नलिँदा ज्यान गएको गुनासो गरेका छन् ।
हृदयाघातको लक्षण देखिँदा देखिँदै पनि अस्पतालमा भएको इसिजी सेवा उपलब्ध नगराई ग्यास्ट्रिक भनेर औषधि दिएर पठाउनु चिकित्सकको चरम लापर्वाही भएको स्थानीयवासीको भनाइ छ ।
यसबारेमा अस्पतालका सुपरिटेण्डेन्ट डा सुधार देवकोटासँग सम्पर्क गर्न खोज्दा उहाँ बिदामा भएको अस्पतालका प्रशासन प्रमुख विश्व न्यौपानेले जानकारी दिनुभयो । घटना गम्भीर र दुःखद भएको बताउँदै न्यौपनेले भन्नुभयो, “मेडिकल सुपरिटेण्डेन्ट बिदामा हुनुहन्छ, उहाँ आएपछि घटनाको दिनको चिकित्सकले बिरामी हेरेको हो, अस्पतालमा भएको इसिजी सेवा किन सञ्चालन नगरेको हो, छानबिन गरी विभागीय कारवाही अगाडि बढाउँछौँ ।”
सरकारको वार्षिक करोडौँको बजेट आउने भक्तपुर अस्पताल र सरकारी तलब खाएर बस्ने यहाँका केही चिकित्सकको यस्तो लापर्वाहीको घटना यो पहिलो भने होइन । सरकारी अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालले विगतदेखि नै प्रसूतिदेखि विभिन्न रोगको उपचारमा लापर्वाही गर्दै आएपछि पछिल्लो समयमा बिरामीको चापसमेत घटेको छ ।
आइसियू बिना नै विभिन्न रोगको शल्यक्रिया गरेर अर्को लापर्वाही गर्दै आएको स्थानीयवासी बताउँछ । आँखाअगाडि नै भक्तपुर अस्पताल रहे पनि यहाँका बासिन्दाले भने उपचार गराउन बिरामीलाई काठमाडौँका अस्पताल लैजाने गरेको दूधपाटीका स्थानीयवासी रामप्रसाद श्रेष्ठ बताउनुहुन्छ । भक्तपुरका बासिन्दालाई भक्तपुर अस्पतालको उपचार सेवामा विश्वास नै हट्दै गए पनि बिरामी काठमाडौँ लैजान गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भक्तपुर अस्पताल कहिल्यै नसुध्रिने भो, यहाँको लापर्वाही हेर्ने हो भने अनगिन्ती छन् ।” ज्यान बचाउने अपेक्षा लिएर अस्पताल आउने बिरामीलाई बचाउन भक्तपुर अस्पताल गम्भीर नहुने गरेको स्थानीयवासीको गुनासो छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #डाक्टर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्