Techie IT
सोमबार, चैत्र १०,२०८१

टोखा नगरपालिकाका अधिकृत १ लाख घुससहित पक्राउ


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई घुससहित पक्राउ गरेको छ ।

अधिकृत कृष्णप्रसाद सुवेदी १ लाख रुपैयाँ घुस रकमसहित कार्यालयबाटै पक्राउ परेका हुन् ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार उनले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि घुस माग गरेका थिए ।

सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालयबाटै आइतबार पक्राउ गरेको जनाइएको छल ।

थप अनुसन्धान भइरहेको छ ।

Source : Online Khabar


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #टोखा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:01 am6:18 pm +0545