मानव बेचबिखन नियन्त्रणका लागि सङ्घीय संरचना निर्माण गर्नुपर्नेमा जोड
राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखन नियन्त्रणका लागि सङ्घीय संरचनाअनुसारको संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
आयोगले आज कार्यालयमा आयोजना गरेको ‘मानव बेचबिखन राष्ट्रिय प्रतिवेदन सार्वजनिकरण’ कार्यक्रममा आयोगका पदाधिकारीले घटना बढ्नु राम्रो नभएको भन्दै कम गर्न सरोकारवाला निकायलाई सजग गराइएको हो ।
आयोगका अध्यक्ष अनुपराज शर्माले प्रतिवेदनलाई सरोकारवाला सबैले गम्भीररुपमा अध्ययन गर्नुपर्ने बताउँदै मानव बेचबिखन नियन्त्रणका लागि सरकारले गर्नुपर्ने तयारीका सम्बन्धमा प्रतिवेदनले सिफारिश गरेको छ भन्नुभयो ।
आयोगकी सदस्य मोहना अन्सारीले मानव बेचबिखनका घटना न्यूनीकरणका लागि स्थानीय तहसम्म आयोगको संयन्त्र हुनुपर्नेमा जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखनसम्बन्धी एकीकृत तथ्याङ्क नेपाल प्रहरीसँग नभएको उल्लेख गर्दै मानव बेचबिखन न्यूनीकरणका लागि सरोकारवाला सबै निकायबीच समन्वय हुनुपर्ने बताउनुभयो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले सबै निकायले आफ्नो भूमिका जिम्मेवार भएर निभाउँदा मानव बेचबिखन नियन्त्रण हुने बताउनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #राष्ट्रिय मानव अधिकार आयोग
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ४टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ७विशेष महाधिवेशन पक्षधरको दबाब: १६५ क्षेत्रमा उम्मेदवारी, ६६ सिट सुनिश्चित गर्नुपर्ने
- ८तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी






तपाईको कमेन्ट लेख्नुहोस्