मानव बेचबिखन नियन्त्रणका लागि सङ्घीय संरचना निर्माण गर्नुपर्नेमा जोड

राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखन नियन्त्रणका लागि सङ्घीय संरचनाअनुसारको संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
आयोगले आज कार्यालयमा आयोजना गरेको ‘मानव बेचबिखन राष्ट्रिय प्रतिवेदन सार्वजनिकरण’ कार्यक्रममा आयोगका पदाधिकारीले घटना बढ्नु राम्रो नभएको भन्दै कम गर्न सरोकारवाला निकायलाई सजग गराइएको हो ।
आयोगका अध्यक्ष अनुपराज शर्माले प्रतिवेदनलाई सरोकारवाला सबैले गम्भीररुपमा अध्ययन गर्नुपर्ने बताउँदै मानव बेचबिखन नियन्त्रणका लागि सरकारले गर्नुपर्ने तयारीका सम्बन्धमा प्रतिवेदनले सिफारिश गरेको छ भन्नुभयो ।
आयोगकी सदस्य मोहना अन्सारीले मानव बेचबिखनका घटना न्यूनीकरणका लागि स्थानीय तहसम्म आयोगको संयन्त्र हुनुपर्नेमा जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखनसम्बन्धी एकीकृत तथ्याङ्क नेपाल प्रहरीसँग नभएको उल्लेख गर्दै मानव बेचबिखन न्यूनीकरणका लागि सरोकारवाला सबै निकायबीच समन्वय हुनुपर्ने बताउनुभयो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले सबै निकायले आफ्नो भूमिका जिम्मेवार भएर निभाउँदा मानव बेचबिखन नियन्त्रण हुने बताउनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #राष्ट्रिय मानव अधिकार आयोग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्