चक्रपथ सडक अन्तर्गत थसिखेल सातदोबाटो ट्रयाक भित्रका अस्थायी घर,टहरा हटाइने

सरोज ओझा
ललितपुर, भाद्र(२१, ललितपुर महानगरपालिका ०५ नम्बर वडा कार्यालयले रिङ् रोड भित्रका अस्थायी टहरा हटाउन प्रकृया अघि बढाएको छ । वडा कार्यालयलाई काठमाडौं चक्रपथ सुधार योजनाले गत बैशाख एक गते उक्त वडा क्षेत्र भित्रको थसिखेल, महालक्ष्मी स्थान, सातदोबाटो सर्भिस ट्रयाक अन्तर्गत चक्रपथको भित्री खन्डमा सडक केन्द्र रेखाबाट ३१ मिटर भित्र रहेका अस्थायी घर(टहरा तथा निर्माण सामाग्री हटाउन सहयोग गर्नका लागि पत्राचार भए बमोजिम कार्यालयले काम कारबाही अघि बढाएको हो ।
कारबाही प्रकृया अगाडि बढाउने सिलसिलामा कार्यालयले यस अघि नै स्थलगत निरिक्षण गरी सम्बन्धित धनीलाई मौखिक निर्देशन दिएको थियो भने हालै मात्र ७ दिने सूचना जारी गरेको छ ।
वडाका अध्यक्ष बिकासमान श्रेष्ठका अनुसार सूचना जारी गरेको ७ दिन भित्रमा सम्बन्धित धनीहरुले निर्देशनको परिपालना नगरेको अवस्थामा कानुन बमोजिम कारबाहीको प्रकृया अघि बढाइने बताए । मापदन्ड बिपरितका यस्ता सम्रचना र सामाग्रीहरु हटाउने सिलसिलामा डोजर लगाउने सम्मको तयारी रहेको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #चक्रपथ सडक, #टहरा हटाइने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्