Techie IT
शुक्रबार, फागुन २,२०८१

शिक्षा अभियान्ता उत्तम सञ्जेलले गरे ३०० रुपैयामा बिवाह


शिक्षा अभियन्ता उत्तम सञ्जेलले ४१ वर्षको उमेरमा साधारण तरिकाले सुन्दरीजलकी कला अधिकारीसँग सोमबार बिहान बिहे गरेका हुन् ।

सञ्जेलले खुट्टामा चप्पल र बेहुली कलाले रातो कुर्ता(सुरुवालमा घुम्टो ओढेकी थिइन् ।

२ मिनेट बोलेपछि सञ्जेलले कलालाई सिन्दुर पोते र माला लगाइदिएर बिहे सम्पन्न भएको थियो ।

सो बिवाहमा कलाकार मदन कृष्ण श्रेष्ठ , हरि बंश आचार्य , सिताराम कटेल , उपेन्द्र महतो ,प्रतिक प्रधान लगायत १० जनाको मात्रै उपसिथ्त रहेको थियो । बिहेपछि भोजका रुपमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सबैलाई सुगर फ्री लड्डुको प्रायोजन गरेका थिए ।

‘२५ रुपैयाँको सिन्दुर, ७५ रुपैयाँको पोते र १ सय रुपैयाँका दुई मालामा बिहे गरेरका हुन ।

उत्तम र कलाको ४ महिना अगाडि मात्रै चिनजान भएको हो । उत्तमले सञ्चालन गर्ने १ सय रुपैयाँमा उपचार गरिने समता हस्पिटलमा हेल्थ असिस्टेन्टका रुपमा कला कार्यरत छिन् । कार्यक्षेत्रमै रहेका बेला उनीहरु प्रेममा परेका थिए ।


उत्तम सञ्जेलले मासिक १ सय रुपैयाँमा पठनपाठन गराइने समता स्कुल सञ्चालन गरेर करिब ६५ हजार गरिब विद्यार्थीलाई पढाइरहेका छन् ।

 

 


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #उत्तम सञ्जेल बिवाह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545