देवानी फौजदारी संहिता २०७४ संशोधनको माग
भदौ १ गतेदेखि लागु भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकाले यसलाई तत्काल संशोधन गर्नुपर्ने माग गरिएको छ ।
नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताहरुले सो माग गरिएको हो ।
सो अवसरमा महासङ्घका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रामाथि अंकुश लगाउने कानून महासङ्घलाई मान्य नहुने बताउँदै प्रेसप्रति संवेदनशील हुन सरकारसंग आग्रह गर्नुभयो ।
प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष नारायण शर्माले देवानी फौजदारी संहिता २०७४ प्रेसलाई नियन्त्रण गर्ने ढङ्गबाट आएको उल्लेख गर्दै यसको संशोधनका लागि दबाब सृजना गर्नुपर्ने बताउनुभयो ।
लोकतान्त्रिक छापामाध्यमका अध्यक्ष दामोदरप्रसाद दवाडीले सरकार जहिले पनि नियन्त्रणमूखी हुने हँुदा प्रेस नियन्त्रणमूखी कानूनमान्य नहुने धारणा व्यक्त गर्नुभयो ।
सम्पादक समाजका अध्यक्ष पुरु रिसालले संस्थागत रुपमा एकताबद्घ भएर सबै राजनीतिक दललाई भेटी गरी कानून संशोधनका लागि दबाब दिनुपर्ने बताउनुभयो ।
क्रान्तिकारी पत्रकार सङ्घका महासचिव इन्द्र राउतले सरकारले हालै जारी गरेको कानूनले प्रेसमाथि अंकुश लगाएको आरोप लगाउँदै सिङ्गो प्रेसजगत संवेदनशील भई सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, प्रेस सोसाइटी नेपालका अध्यक्ष केशवराज अर्याल तथा प्रेस काउन्सिल नेपालकी सदस्य शुभेच्छा विन्दुले प्रेसमैत्री कानूनको निर्माणका लागि सरकारलाई दबाब दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #देवानी फौजदारी संहिता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्