बलत्कार पछि हत्या गरिएको पन्तको हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र
कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी संगठन छात्रा मञ्चले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।
मञ्चका अध्यक्ष पञ्चा सिंह र महासचिव आरती लामाको नेतृत्वमा गएको टोलीले आज सिंहदरबारस्थित गृहमन्त्रालयमा मन्त्री थापासंग भेट गरी उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ । पन्तको गत शुक्रबार राति हत्या भएको थियो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले हत्यामा संलग्नलाई पक्राउ गरिसकेको र संसद्मा पनि बहस चलिसकेकाले कारबाही गर्ने बताउनुभएको महासचिव लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्री थापाले महिलाको सुरक्षामा सरकार संवेदनशील रहेको बताउँदै महिलामैत्री कानून बनाउनेसमेत आश्वासन दिनुभयो ।
कानून फितलो भएकाले यसको फाइदा अपराधीले लिइरहेको र महिलाकोे सुरक्षित बाँच्न पाउने अधिकारसमेत गुमिरहेकोप्रति सरकार गम्भीर हुनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #निर्मला पन्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्