थप एकको मृत्यु, ३१४ मा संक्रमण
काठमाडौँ, २६ जेठ ः कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । आज एक जनाको थप निधन भएको छ ।
स्यांजा वालिग नगरपालिका वडा नंं. ३ घर भएका ५८ बर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको आज नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उहाँको मृत्यु भएसंगै अहिलेसम्म १४ जना कोभिड १९ को कारणले मृत्यु भएका छन ।
यस्ते दैनिक तीन डिजिटमा संक्रमित पनि देखा पर्न थालेका छन । विगत १५ दिनदेखि तीन अंकमा लगतार सक्रमित भेटिन थालेका हुन । एकातिर संक्रमित भेटिने अर्कोतिर लकडाउन खुल्ने हल्लाले मानिसहरु त्रसित भएका छन ।
मन्त्रालयका प्रवक्ता डा. गौतमलेले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३१४ जनामा संक्रमण देखिएको छ । तिमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन ।
आज देखिएका संक्रमितसंगै जम्मा संक्रमितको संख्या तीन हजार ७६२ जना रहेको छ । जसमध्ये पुरुष तीन हजार ५०६ र महिला २५६ रहेका छन ।
यसैगरी आज २१ जना कोभिड १९ संक्रमणबाट निको भई घर फर्किएका मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो ।
उनीहरुमध्ये वाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट २० जना र कोभिड १९ युनिफाइड अस्पतालबाट एक जना डिस्चार्ज भएका छन ।
क्यान्सर अस्पतालबाट डिस्चार्ज हुने सवै बाँके नरैनापुरका १३ बर्षदेखि ५२ बर्षका पुरुष १५ औ दिनदेखि २० औ दिनमा भएका छन । यस्तै युनिफाइड अस्पतलाबाट एक जना २३ बर्षकी महिला ५ औ दिनमा डिस्चार्ज भएकी हुन ।
यसरी आज डिस्चार्ज हुनेसंगै अहिलेसम्म ४८८ जना डिस्चार्ज भएका छन । यस्तै आजदेखि राजविराजमा रहेको गजेन्द्रनारायाण सिंह प्रतिष्ठानमा पनि कोभिड १९ को पिसिआर विधिबाट गर्न थालिएको छ । योसंग २१ ठाउँबाट परीक्षण हुन थालेको हो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #कोभिड १९
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्