Techie IT
आईतबार, माघ १३,२०८१

एकैदिन १८९ जनामा संक्रमण, संक्रमित जिल्ला ५३ पुगे


काठमाडौँ, १७ जेठ ः कोरोना भाइरस (कोभिड १९)को संक्रमण आज एकै दिन १८९ जनामा देखिएको छ । आज संखुवासभामा नयाँ संक्रमित देखिएका छन । योसंगै ५३ जिल्लामा कोभिड १९ संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमाम १८९ जनामा संक्रमण देखिएको बताए । ति संक्रमितमध्ये पुरुष १८५ जना र महिला ४ जना रहेका छन ।
आज देखिएको संक्रमित अहिलेसम्मकै धेरे हुन । हिजो (शुक्रबार ) पनि १७० जनामा संक्रमण देखिएको थियो । आज देखिएका संक्रमितसंगै कुल १ हजार ४०१ जनामा संक्रमण देखिएको छ ।

नयाँ संक्रमितमा राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२४ जना देखिएको छ । धनुषाका ७ जना २० बर्षदेखि ४४ बर्षका रहेका छन । झापाका ४५ बर्र्षीय एक जना पुरुष र कपिलवस्तुका १६ बर्ष देखि ६० बर्षका ७७ जनामा संक्रमण देखिएको छ ।
ललितपुरका एक जना २३ बर्षका महिला रहेका छन । महोत्तरीका ४ जना २५ देखि ५५ बर्षका पुरुष रहेका छन ।

रौतहटका ६ जना १८ बर्षदेखि ४५ बर्षका पुरुष रहेका छन । सर्लाहीका १७ जना १६ बर्षदेखि ४० बर्षका पुरुष र सिराहाका ११ जना १७ बर्षदेखि ४० बर्षका पुरुष रहेका छन ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २९ जनामा संक्रमण देखिएको छ । कपिलवस्तु यशोधराका २९ जना १५ देखि ५० जना पुरुष रहेका छन ।

यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिषठान धरानमा गरिएको परीक्षणमा नौ जनामा संक्रमण देखिएको छ । सप्तरीका १८ देखि २८ बर्षका एक जना महिला सहित रहेका छन ।

यस्तै दागस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आठ जनामा संक्रमण देखिएको छ । ति कपिलवस्तु बिजयनगरका तीन जना २६ बर्षदेखि ५२ बर्ष उमेरका पुरुष रहेका छन । दाग हापुरेका एक जना ३० बर्षीय पुरुष रहेका छन । वंगलाचुली दागकै चार जनामा २७ देखि ३८ बर्षका तीन जना पुरुष र एक जना २८ बर्षका महिला रहेका छन।

नारायणी अस्पताल विरगंजमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको छ । वारा हर्दियाका एक जना २४ बर्षीय पुरुष, पर्सा पसौनीका १८ बर्षीय पुरुष र ६० बर्षीय महिला रहेका छन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनामा संक्रमण देखिएको छ । ति सवै दैलेखका १७ देखि ५० बर्ष उमेर समूहका पुरुष रहेका छन ।

यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा दुई जनामा संक्रमण देखिएको छ । संखुवासभा खाँदवारीका २३ बर्षीय पुरुष र संखुवासभाकै पाँचखपनका २२ बर्षीय पुरुष रहेका छन ।
संक्रमितमध्ये १ हजार २८८ पुरुष र ११३ जना महिला रहेका छन ।

१३ जना डिस्चार्ज
यस्तै आज १३ जना डिस्चार्ज भएका छन । अहिलेसम्म २१९ जना निको भएर घर फर्किएका छन ।
अहिलेसम्म पिसिआर ६६ हजार ७२ जना र १ लाख ७ हजार ५५ जनाको परीक्षण गरिएको छ ।
संक्रमति बढेसंगै विभिन्न ठाउँमा परीक्षणको दायरा बढाउनका लागि किट पठाइएको छ ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार आजै ७७ हजार चार ४०० आरडिटी र ६ हजार थान भिटिएम पठाइएको छ ।
प्रदेश नंं १ मा ४ हजार २००, प्रदेश नंं २ मा १२ हजार २००, प्रदेश नंं ५ मा २५ हजार, कर्णाली प्रदेशमा १२ हजार र सुदूरपश्चिम प्रदेशमा २४ हजार आरडिटी किट पठाइएको छ ।
यस्तै विभिन्न प्रदेशमा भिटिएम पठाइएको छ । प्रदेश नं. २ मा एक हजार थान, प्रदेश नं. ५ मा दुई हजार, कर्णाली प्रदेशमा एक हजार र सुदुरपश्चिम प्रदेशमा दुई हजार थान पठाइएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : ##कोभिड१९


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Haze
6:51 am5:40 pm +0545