टोखा छहरे सुरुङ्ग मार्गको लागि ६ अर्व ४२ करोड बजेट
पुकार तिमलसिना
जेठ १५ काठमाडौ । सडक विभागले काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन सकेर अर्थ मन्त्रालयमा निर्माणका लागि वैदेशिक सहायता जुटाउन प्रस्ताव गरिरहेको बेला सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागी ६ अर्व ४२ करोड बजेट बिनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७/७८को बजेट प्रस्तुत गर्दै टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्ग निमार्ण पक्रिया अगाडी बढाउन थप बजेट छुट्याइएको बताए ।

चीनको सीमा जोडिएको रसुवागढी नाकादेखि नुवाकोट हुँदै काठमाडौं जोड्ने सुरुङ मार्ग निर्माण भए व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवर्द्धन हुने र राजधानी काठमाडौं छिट्टै पुगिने नुवाकोट र रसुवावासी बताउँछन् ।
चीनको रेसुओपोर्ट र नेपालको रसुवाको सीमानाका रसुवागढी, स्याफ्रुबेसी, मैलुङ, नुवाकोट त्रिशूली, विदुर, गंगटे, ढिकुरे, छहरे, गुर्जेभन्ज्याङ, काठमाडौंको टोखासम्मको दूरी १ सय किमि छ । छहरेदेखि टोखा २७ किमि छ । उक्त सडक साँघुरो छ । सडक वर्षात्को समयमा भारवहन गाडीले गुड्दा बाटो भत्किएको छ । घुम्ती धेरै छन् ।
सडक डिभिजनका अनुसार रसुवागढी–बेत्रावती, छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किमि सडक छोटिनेछ । बेत्रावती–सूर्यगढी गाउँपालिका ५ कल्लेरी हुँदै सुरुङ मार्ग निर्माण भए अझै सडक छोटो बन्ने सडक डिभिजनको दाबी छ ।
चीनले २०७१ मंसिर १५ मा नेपाल सीमा रसुवागढी पारी रेसुओपोर्ट खोलेर अन्तर्राष्ट्रिय नाका घोषणा गरेको हो । रेसुओपोर्टदेखि केरुङसम्मको दूरी २४ किमि छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #टोखा छहरे सुरुङ्ग मार्ग
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ४टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ७विशेष महाधिवेशन पक्षधरको दबाब: १६५ क्षेत्रमा उम्मेदवारी, ६६ सिट सुनिश्चित गर्नुपर्ने
- ८तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी






तपाईको कमेन्ट लेख्नुहोस्