Techie IT
बिहीबार, फागुन १,२०८१

आज देशैभर मनसुन सक्रिय रहने


देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। यसकासाथै नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

आज देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ। आज दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले  जनाएको छ।

त्यस्तै आज राती देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #monsoon


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
13°
Fair
6:41 am5:54 pm +0545