Techie IT
मंगलबार, मंसीर १७,२०८२

नवलपुरमा थपिए नौ हजार मतदाता


जिल्लाको बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार कार्यालयबाट नाम दर्ता गराउने मतदाताको सङ्ख्या तीन हजार १५३ रहेको छ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर छ हजार ८४ जनाले नाम दर्ता गराएका छन् । यसअघि यहाँ दुई लाख ६० हजार ४३२ मतदाता थिए ।

निर्वाचन कार्यालयले बुलिङटार–२ मा एउटा मतदानस्थल थप्न सिफारिस गरेको छ । यसअघि नवलपुरमा एक सय १३ मतदानस्थल थिए । रासस


क्याटेगोरी : समाचार
ट्याग : #मतदाता


तपाईको कमेन्ट लेख्नुहोस्