विचार/अनुभूति

लोपोन्मुख नेपाली कृषि संस्कृती


रामहरि शर्मा

नेपाल कृषि प्रधान देशका नामले चिनिदै आएको छ । कुल क्षेत्रफल रहेको जमिन मध्ये १,४७,१८१ वर्ग कि. मिटर मध्ये खेति गरिएको जमिन ३०९१ हेक्टर र खेति गर्न योग्य जमिन १०३० हेक्टर वन जङ्गल झाडी ५८२८ हेक्टर चरन खर्क १७६६ हेक्टर रहेको छ । आज पनि देशको कुल ग्राहस्थ उत्पादनको एक तीहाई हिस्सा कृषिको रहेको छ ।


नेपालमा आफ्नै परम्परागत शैलीमा खेतिपाती गर्ने चलन थियो । सिचाँईका लागि कुलो पैनी नियमीत जेठ महिना र मंसिर महिनामा वर्षको दुई पटक अनिवार्य रुपमा मर्मत गर्ने गरिन्थ्यो । सवै उपभोक्ताहरुको सक्रिय सहभागिता काम रहन्थ्यो । कुनै लिखित व्यवस्था नभए पनि गाँउमा मुखिया कटुवाल आदीबाट अगुवाको भूमिका खेल्थे । कृषि उत्पादन बृद्धि गर्न आवश्यक पर्ने विउ, विजन मल खाद आफ्नै परम्परा रिति रिवाज अनुसार राख्ने र खेति गर्ने चलन थियो । खेतीको मौषमलाई सांस्कृतिसंग गांसिएका थिए ।

भारोपर्म, अ‍ैचौपैचौ, मालापात आदीको चलनले सामाजिक सद्भाव नीकै प्रगाढ बनाएको थियो । बा,आमा खेतमा काम गर्न जादाँ भाई, बैनी सवै जाने र आफुले सक्ने काम गरिथ्यो कुनै जग्गा जमिन बांझो हुदैनथ्यो । खेतीलाई उत्तम पेशाको रुपमा लिने गरिन्थ्यो । पाखो बारीमा घैया, मकै, कोदा,े लहरेवाली, गहत, मस्याङ्ग, भटमास, वोडी, लट्टे, सिलम, जुनेलो, भीरपाखाहरुमा सखरखण्ड, पिडालु जस्ता पौष्तिक तत्व प्राप्त हुने खाद्यन्न लगाउने चलन थियो ।

समथर पानी लाग्ने ठाँउमा धान खेति लगाईन्थ्यो ।े मार्सिधान, त्तौलीधान, थाप, चिनियाधान धान लगायतका विभिन्न धानहरु सांस्कृतिक रिति रिवाज अनुसार तिथि मिति मिलाई रोप्ने चलन थियो ।

सकभर सोमबार विउको पुजा गरेर खेत रोप्ने चलन थियो । समाजमा गनिएका व्यक्तिहरुले पञ्चेवाजा वजाएर वेदि लगाई पान सुपारी बाडेर आफ्नै मौलिकता झल्कने गित गाएर खेतको वीचमा भकारी बाँधेर रोपाई गर्ने चलन थियो । होमहोमादी औशी पुर्णिमा चाडँबाड आदीमा गोरु बार्ने चलन थियो ।

खेति पातीका लागि पशु पालन पनि महत्वपुर्ण भएकोले घर घरमा २ देखि ४ वटा गाई भैसी गोरु बाख्रा भेडा पालेर बनजंगलबाट घाँस, सोतर ल्याई गोवर मल वनाउने गरिन्थ्यो । महिनै पिच्छेको चाड र चाड अनुशारको खाने कृषि र सांस्कृतिको सम्बन्धलाई स्पष्ट पार्दछ ।

असार १५ गते दहि चिउरा, साउन १५ गते खिर, पुस १५ गते घिउ खट्टे, ठूलो एकादशीमा दही चामल, दशैमा चिउरा, तिहारमा सेल रोटी माघमा घिउ चाकु, तिलका लड्डु , खिच्रो पकाएर खाने र जनैपूर्णिमा जस्ता चार्डवार्डहरुमा विभिन्न गेडागुडी बनाई क्वाँटी खाने, चलन नेपाली मौलिकता र कृषिसंस्कृति संग गांसिएका छन् ।

पशुपालन गर्दा विभिन्न देवी देवताको मन्दिरमा दुध चढाउने, पुजाआजा गर्ने, अन्न चढाउने चलन आज सम्म चलेको पाइन्छ । के यो सांस्कृतिकसंग जोडिएको छैन र भावी पुस्ताले आफ्नो मौलिकता झल्कने सांस्कृतिक कृषि प्रणालीका बारेमा ईतिहासमा मात्र पढ्न पनि कृषि सम्वन्धि पाठयक्रम बनेको पाईदैन ।


हिजो सम्म हामी हाम्रै उत्पादन लागि मुख्य खाजा खानाका रुपमा प्रयोग गरेका अन्न पात आज खाना छाडी सकेका छौ । विभिन्न देशवाट आयातित खाद्यबस्तु हाम्रो खाना र खाजाको रुपमा परिणत भएका छन् । हाम्रा बालबालिकाहरुले नेपाली कृषिका बारेमा थाहा पाउने कुरै भएन । अव त दश पढ्यो गाँउ छोड्यो, १२ पढ्यो देश छोड्यो भन्ने भनाईलाई आत्मासात गरेन र पुजा आजामा आफैले पालेका हांस, कुखुरा, बोका प्रयोग गर्ने चलन थियो ।

हामीले प्रयोग गर्ने विउ, विजन, मलखाद आफ्नै तरिकाले राख्ने र प्रयोग गर्ने गरिन्थ्यो । बालीनाली जोगाउनका लागि स्थानीय तहमा पाउने टिमुर, बोझा,े निम, तितेपाती, खरानी, तरा,े पिरो अमिलो आदिको प्रयोग गर्ने चलन थियो ।


आज आइपुग्दा हामीले प्रयोग गरेका विउ, विजन, मलखाद उत्पादन बृद्धिका नाउँमा लोप भएका छन् । गाउँ घरमा विउ, विजन पाइन छाड्यो, पशु पालनमा कमि हुदै गयो । किसान भएकै कारण अपमानको भारी बोक्नु परेको छ । असिना पानी हावाहुरि सुस्खा खडेरी बढ्दो मुल्यबाट खरिद गरिएका विउ विजनबाट लगाएको बाली जोगाई बजारमा पु¥याउदा विचैलीयाको मारमा परेको सर्ववितितै छ ।

उत्पादक र उपभोक्ताको विचको बजार मुल्य आकासीएको पाइन्छ । विचैलीयाको दबदबा भएसम्म र किसानले सम्मानित पेशाको रुपमा ग्रहन नगरे सम्म राज्यको कृषि प्राथमिकतामा नपरे सम्म कृषिबाट आम किसानहरुको जिविको पार्जनमा सुधार हुने अवस्था देखिदैन । खेतीपाती गर्ने वलिया पाखुरा खाडी मुलुकमा पसिना बगाउन बाध्य छन् ।

तस्विर नरेन्द्र श्रेष्ठ

यहां भएका खेत वारी भए, बारी झाडी भए युवा खाडी गए भन्ने भनाईले सार्थक पाएको छ । दिनानुदिन बढ्दो शहरीकरणले जमिन खाड्डीकरण भएको छ राजकुलाहरु सडक भएका छन् । स²साना कुलाहरु नालीमा परिणत भएका छन् । खेतीका लागि आवश्यक पर्ने विउ, विजन, मलखादका लागि परनिर्भर बन्नु परेको छ । अज्ञानताका कारणले प्रयोग गरेको रसायनिक मल र विषाधीका प्रयोगले मानव स्वास्थ्यमा असर पु¥याएको छ ।

उत्पादन गर्ने माटो पनि मरीसकेको छ । सवै नेपालीहरुले खाएर निर्यात गर्ने हाम्रो भूमि आज उजाड भएको छ । सवै क्षेत्र बांझो बसेको छ । राज्यले कृषिमा आ. व.०७६÷०७७ बजेट व्यक्तव्य मार्फत ३४ अर्व ८० करोड खर्च गर्ने भनेता पनि साना, भूमिहिन, महिला, सिमान्ताकृत, किसानहरुको बजेट माथि पहुंच पुग्ने अवस्था देखिदैन ।

हिमाली, प्याक्ट, प्रधानमन्त्री आधुनिकरण जस्ता विभिन्न नामका परियोजनाले पनि साना किसानलाई समेट्न सकेन ।

लेखक कृषक समूह महासंघका केन्द्रिय सचिव हुनुहुन्छ ।

Facebook Comments
Tags