विचार/अनुभूति

के हो मनव बेचविखन तथा ओसारपसार ?

सिता पौडेल
मानव बेचविखन भन्नाले कुनै पनि मानिसलाई झुक्काएर, डरत्रास देखाएर, प्रलोभनमा पारेर शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले उक्त व्यक्तिको इच्छाविपरित जबरजबरजस्ती कुनै पनि कार्य गर्न बाध्य तृुल्याउनु भन्ने बुझिन्छ ।


मानव बेचविखन तथा ओसारपसारलाइ नेपालको राष्ट्रिय कानुन लगायत विभिन्न दस्तावेजहरुले आ–आफ्नै ढङ्गले परिभाषित गरेको पाइन्छ । नेपालको मानव बेचविखन तथा ओसारपसार ऐन , २०६४ को दफा ४(१)का अनुसार “कुनै उद्देश्यले मानिस बेच्ने वा किन्ने , कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने , प्रचलित कानुन बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने र वेश्यागमन गर्ने जस्ता कुराहरु मानव बेचविखन तथा ओसारपसार अन्तर्गत पर्दछन् ।”

त्यस्तै यसै ऐनको दफा ४ (२) ले मानव बेचविखन तथा ओसारपसार भन्नाले “किन्ने वा बेच्ने उद्देयले मानिसलाई विदेशमा लैजाने , वेश्यावृत्तिमा लगाउने , वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारका ललाई फकाई, प्रलोभनमा पारी जालसाजी गरी प्रपञ्च मिलाइ, जबरर्जस्ती गरी करकापमा पारी अपहरण गरी शरीर बन्धकमा राखी , बेहोस पारी , पद वा शक्तिको दुरुपयोग गरी , अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी डरत्रास ,धाक , धम्की दिई वा करकापमा पारि कसैलाई बसिरहेको घर वा स्थाान वा व्यक्तिबाट छुट्टाई लग्ने वा आफुसँग राख्ने वा नेपालभित्रको कुनै एक ठाउँबाट कुनै अर्काे ठाउँमा राख्ने वा विदेशमा लैजाने वा अरु कसैलाई दिने बुझिन्छ । ”


मानव बेचविखन तथा ओसारपसार आजको युगमा समेत मानव सभ्यताको कलंकको रुपमा विश्वव्यापी रुपमा फैलिंदो समस्या बनेको छ । समयको अन्तरालसँगै यसको स्वरुप र आयाममा परिवर्तन हूँदै आएको पाइन्छ । भने यो विश्वकै लागी चुनौतिपूर्णरुपमा उजागर भइरहेको बहुआयामिक साझा समस्या हो ।जसको संवेदनशीलतालाई मनन गरी राज्यले पीडितलाई संरक्षण गर्नूु आफ्नो दायित्व ठान्नु पर्दछ ।


अन्तर्राष्ट्रिय श्रम बजारमा सस्तो श्रमको बढ्दो मागसँग मानव बेचविखन तथा ओसारपसार विश्वव्यापी रुपमा फैलिंदै गएको छ । विश्व बजारमा यो समस्या फैलिनुका विभिन्न कारणहरु मध्ये यसलाई कम जोखिम र न्युन लगानीमा अधिक नाफा हुने धन्दाका रुपमा लिएको पाईन्छ ।

खासगरी यौन कार्य र मनोरञ्जनका लागी युवा तथा युवतीहरुको बढ्दो मागले पनि यसको विस्तारमा बल पु¥याएको छ । समाजमा अझै पनि महिला तथा किसोरीहरुलाई उपभोग्य बस्तुको रुपमा हेर्ने दृष्टिकोण कायमै छ । घरेलु तथा लैङ्गिकतामा आधारित हिंसा , यौन दुव्र्यवहारमा परेका महिला तथा बालिकाहरु , पितृसत्ता , पुरुषत्व , शक्ति उन्माद , सम्पन्नता उपभोगवाद , लैंङ्गिक विभेदका कारण उपभोग्य वस्तुका रुपमा बेचबिखनमा परिरहेका छन् ।

बढी मात्रामा गरिबी र बेरोाजगारीका कारण जीविकोपार्जनको समस्या भएका व्यक्तिहरु , अशिक्षित तथा चेतनाको कमी भएका व्यक्तिहरु , द्धन्द्धबाट प्रभावित भएका महिला तथा बालबालिकाहरु यसको चपेटामा परेका छन् । बाहृय तथा आन्तरिक दुबै प्रकारको बेचविखन समेत बढीरहेको छ ।
स्वदेशमै रोजगारिको प्रर्याप्त अवसर नहुँदा बैदेशिक रोजगारका नाममा हुने ठगी र छलकपट तथा विदेशी नागरिकहरु सँग विवाह गर्ने र सेरोगेसीको नाममा समेत यसको जोेखिम बढीरहेको छ ।

एकातिर हिडडुल गर्ने स्वतन्त्रताको अधिकारको दुरुपयोग गदै अन्तर्राष्ट्रिय बाजारमा खुल्ला सीमाना भएको कारण छिमेकी राष्ट्र तथा तेस्रो राष्ट्रहरुमा समेत नेपालका विभिन्न ठाउँबाट यौन ताथ श्रम शोषणका लागी महिला , किशोरी , बालबालिका तथा पुरुषसमेत यसको मारमा परेका छन् । भने अर्कातिर आन्तरीक बजारमा यो झनै जटिल बन्दै गएको देखिन्छ ।विशेषगरी ग्रामीण भेगका महिला , किशोरी , बालबालिकाहरुलाई राजमार्ग केन्द्रित बजारका साथै ठुल्ठुला सहरका होटल तथा रेष्टुराँ र घरेलु काममा लगाउने मात्र नभै व्यावसायिक यौन धन्दामा लाग्न बाध्य बनाउने जस्ता क्रियाकलापहरु बढ्दै गएको छ । यसमा परिवारका सदस्य तथा नातेदारहरु समेत संलग्न रहने तथ्यहरु समेत पाइएको हुँदा समस्या झनै भयावह बन्दै गएको देखिन्छ ।

यसको जोखिमलाई अशिक्षा , गरिबी , बेरोजगार प्राकृतिक प्रकोप , राजनैतीक अस्थिरता लगायत न्युन सामाजिक–आर्थिक हैसियतका कारण बाँच्नका लागी जस्तो सुकै काम गर्नु पर्र्ने बाध्यताले पनि यस्तो जोखमको अवस्था बढेको देखिन्छ ।


नेपालमा समय समयमा यस सम्बन्धि विभिन्न ऐन नियम तथा नियमावली तजूमा भएता पनि यस समस्यालाई प्रभावकारी ढंगले सम्बोधन गर्न सकेको पाईदैन । मानव बेचबिखन तथा ओसारपसार ुविरुद्धमा काम गर्ने भनि गठन भएका विभन्न राष्ट्रिय , जिल्ला तथा नगर स्तरिय स्थानीय समितिहरुले प्रभावकारी स्पपमा काम गर्न सक्का छैनन् ।

ती समिति केवल हात्तिका देखाउने दाँत जस्ता मात्र भएका छन् र काम गरेझैं गरे्र पैसा कमाउने ध्याउनमा मात्र लागी परेको गुनासो सुनिन्छ । यस सँग सम्वन्धित सबै सरकारी , गैरसरकारी एवम् विकासका साझेदारहरुको आपसी समन्वय र सहकार्यको अवस्था नगन्य रहेको देखिन्छ भने भएकाको पनि निकै फितलो भएका कारण पनि यो समस्या घट्नुको सट्टा बढ्दो छ ।

यो समस्याको नियन्त्रण र निराकरणको लागी राज्यको एक्लो प्रयासले मात्रै पनि नहुने हुँदा सबै नागरिक चेतनशील भइ आ–आफ्नो क्षेत्रबाट एक अर्कामा सहकार्य र समन्यव गरी यस समस्याको निरोधात्मक क्रियाकलापहरु सञ्चालन गर्नु पर्ने देखिन्छ ।

मानव बेचविखन जस्तो जघन्य अपराधको विरुद्धमा हामी सबैले आवाज उठाउने पर्दछ ।

Facebook Comments
Tags
Show More