विचार/अनुभूति

एक पल भानुभक्तलाई सम्झदा

अर्चना भण्डारी

वि. सं. १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घा भन्ने ठाउँमा बुवा धन्नजय आचार्य र माता धर्मवतीदेवीबाट जन्मिएका भानुभक्त आचार्य नेपाली भाषा र साहित्यका मुहान हुन । हामी नेपाली भाषा साहित्य र समाज भन्नासाथ स्वतः भानुभक्तलाई सम्झिन्छौ ।

नेपाली भाषालाइृ शिरको ताज बनाएर व्यतिभित्रको भावनाको मर्मलाई भाषा र शब्दमार्फत सञ्चार गर्न सकिने वातावरणको तयार गरिदिए त्यतिबेलाको जटिल संस्कृत भाषाको अध्ययन , ज्ञान तथा बुझाईलाई सबैले बुझ्ने सरल र बोलिचालिको भाषामा ढालेर उनले सबै नेपालीमा गुण लगाएका छन् । उनी नेपाली साहित्यका पर्याय बनेका छन् ।


नेपाली साहित्यको फाँटलाई सम्मु बनाएर विजारोपण गर्न योग्य बनाई पूर्वाधार तयार पारिदिने उनलाई सम्मान स्वरुप ‘आदिकवि’ को संज्ञा दिइएको छ। भनुझलाइ आदिकविको उपमा दिलाएने श्रेय भने मोतिराम भट्टलाइ जान्छ । किन भने मोतिराम भट्टले वि. सं. १९४८मा भानुझक्तको ‘जिवन चरित्र’ नामक जीवनि छापेर भानुझलाई चिनाएका थिए।


नेपाली साहित्यका दुई रुप पद्य र गद्यको प्राचिन कालदेखिनै विकसित हुदै आएको पाइन्छ ।साहित्यका यी दुइ विद्यँलाइ समेटेर नेपाली साहित्यलाइ तीन वटा काल खण्डमा विभाजन गरी बुझ्ने गरीएको छ । एक हो प्राचिनकाल (१९४१), दोस्रो, माध्यामिक काल (१९४१ —१९९५) र तेस्रो आधुनिक काल (१९९५ देखी आजसम्म ।

यी तीन कालका शुरुवाती चरणको पनि पद्य साहित्यमा भएको भक्ति धाराको राम भक्ति धारालाइ अंगिकार गरि झक्तमाला(१९१०), प्रश्नोत्तर (१९१०), रामायण (१९१०), बधुशिक्षा (१९१९) रामगीता (१९२५ ) लगायत तीन दर्जन भन्दा बढी फुटकर कविता लेखेर नेपाली साहित्यको फाँटलाई फराकिलो बनाए। उनका सृजनाले मनोरञ्जन प्रदान गर्नुकासाथै सामाजिक , नैतिक तथा चारित्रिक शिक्षा प्रदान गरेका छन् ।

यीनले लेखेको रामायण निकै पठन योग्य भएको छ।रामायणमा ८ काण्डहरु रहेका छन् । ३ सय २६ वटा पद्यहरुलाई १ सय ५४ वटा पद्यमै सम्पुण भाव उतारेका र यसले भाषिक र सांँस्कृतिक एकिकरण गर्न निकै ठूलो भूमिका खेलेको छ ।

एक दिन नारद सत्या लोक पुगी गया गरु लोकको हित भनी
ब्रहमा ताही थिया प¥या चरणमा खुशी गराया पनि
क्या सोध्छौ तिमी सोध भन्छु म भनी मर्जी भया थ्यो जसै

ब्रहमाको करुणा बुझेर ऋषिले विन्ति गरायो तसै ।

भन्ने जरुता नेपाली जनजिब्रोमा झुण्डियएका उत्कृष्ट श्लोकहरु हुन् ।

यी श्लोकहरु शादुर्लविक्रिडित छन्दमा लेखिएका छन् ।
यस्तै गरी उनका कवितामा नीतिका कुराहरु पनि समावेस भएका छन् । जस्तो कि :
कुन हो धनी सब नरले कहयाको
सन्तोषले जो छ खुशी रहाको
जिउँदै म¥याको भनी नाम कस्को
उद्यमविना वित्दछ काल जस्को


नेपाली काव्य लेखनका प्रथम निपुर्ण कालिगढ तथा नेपालीहरुको भाषिक , सामाजिक र भावनात्मक एकताका आदिसुत्रधार उनलाई एक जना घाँसीले घाँस बेचेर कमाएको पैसाले गाउँमा कुवा खनेको कुराले उनलाई प्रेरण प्राप्त भयो भन्ने भनाइ पनि छ ।

भानुभक्त आचार्य कविमात्र नभएर नेपाली भाषाको ढुकढुकि हुन , छरिएर रहेका भाषाहरुलाई एक सुत्रमा बाधेर आफ्ना रचनामा समाज , व्यक्ति र व्यवहारिकताको संगम स्थल बनाएर उहाँले भाषा र साहित्यमा सामान्य मानिसहरुको पहुच र प्रेमलाई उजार उजागर गरिदिएका हुन ।

यस्ता महान व्यक्ति भानुभक्त आचर्यको सम्झना नेपाली मनमा दिन दुइगुणा रात चौगुना बढेर जाने छ ।

Facebook Comments
Tags
Show More