विचार/अनुभूति

स्थानीय तहलाई जागिरे जिन्दगीबाट बिदा गरियो – केशव गुरागाई

स्थानीय निकायमा मिति २०६८–१०–५ देखि सिनाम गाविसको गाविस सचिबको रूपमा नियुक्ति पश्चात् लिम्बुदिन, फुङ्लिङ,नाङ्खोल्याङ,साब्लाखु,कालिखोला९गाउँमा नपुगिएको०,चाक्सिबोटे, खेवाङ्ग, डुमृसे, खोक्लिङको जिम्मेवारी कहिले एकोहोरो, कहिले दोहोरो त कहिले तेहोरो, त कैले चारवटा सम्मको जिम्मेवारी निर्वाह गर्ने कोसिस गरियो ।

ताप्लेजुङका गाविसलाई बिचार गर्ने हो भने कुनै एक दिन पनि एक गाविस एक सचिब देख्न त के सुन्न पनि पाइएन । अहिले पनि स्थानीय सरकार गठन पश्चात् समेत पनि देख्न पाइएन । र देख्न पाइन्छ जस्तो नि लागेन ।

दिनरात खटी रहँदा पनि स्थानीय सरकारका न्यूनतम गर्नै पर्ने कामहरू सम्झदा पनि पागल भइन्छ । नियुक्तिको भरमा विना तालिम, पुनर्ताजगी नभै मुढे बलका भरमा काम गर्नु पर्ने बिडम्बना स्थानीयमा काम गर्ने कर्मचारीहरूमा छ ।

जतिसुकै नजाने पनि जान्ने पल्टेर काम गर्नु एउटा महत्वपूर्ण बिशेषता नै हो । यो पनि गर्नु पर्ने त्यो पनि गर्नु पर्ने नाइ भन्न मुख नलाग्ने बानीले गर्दा कामको महत्वको छनोट नहुने अर्को महत्वपूर्ण विशेषता हो ।

जे होस जति गाविसको जिम्मेवारी सम्हाले त्यहाँका राजनितिक दल, वडा नागरिक मन्च, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहयोग प्रती कृतज्ञ छु, आभारी छु ।

त्यसपछी स्थानीय सरकारको रूपमा पाथिभरा याङ्वरक गाउंपालिकामा रहँदा सानो कर्मचारीको टिममा काम गर्दा, निर्वाचित प्रतिनिधिसँग काम गर्दाको आत्मियता, सामिप्यता मेरो मस्तिष्कमा अमिट छाप परेको छ र सहयोगी सम्पूर्ण हातहरू प्रती आभार समेत ब्यक्त गर्न चाहान्छु ।

कम्तिमा बर्षमा एक पटक सम्झाओस भन्नका खातिर यो फोटो पनि पोष्ट्याउने बिचार गरें ।
केशव गुरागाई

Facebook Comments
Show More