पर्यटन

नुवाकोटको पर्यटकीय स्थल सूर्यर्चौरमा प्याराग्लाइडिङ सुरु

पुकार तिमलसिना

नुवाकोटको पर्यटकीय स्थल सूर्यर्चौरमा प्याराग्लाइडिङ सुरु भएको छ । शनिबार पहिलोपल्ट नुवाकोटमा प्याराग्लाइडिङ उडान गरिएको हो ।

शिवपुरी गाउँपालिका–७ मा अवस्थित सूर्यचौर समुद्र सतहबाट १ हजार ९ सय मिटर उचाइमा छ । नेपाल प्याराग्लाइडिङ कम्पनीले दुईवटा प्याराग्लाइडिङ उडाएर परीक्षण उडान गरेको हो ।

सूर्यचौरबाट उडान सुरु गरेर शिवपुरी गाउँपालिका– ८ थानापतिको सतरी फाँटमा झारिएको थियो ।

नुवाकोटको उच्च भूभागमा रहेको सूर्यचौर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।

सूर्यचौरबाट नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौं, रसुवाको मनोरम दृश्यका साथै लाङटाङ, गणेश, मनास्लु, जुगल, हेलम्बु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।

http://bit.ly/2JcsVAC
Facebook Comments
Tags

Related Articles