खेलकुद

च्याम्पियन्स लिगबाट बाहिरिए पनि बालोटेली मेसी र रोनाल्डोको पक्षमा

(एजेन्सी)– बार्सिलोना र युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएपनि इटालियन फरवार्ड मारियो बालोटेलीले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोप्रति आफ्नो समर्थनलाई यथावत राखेका छन् ।

च्याम्पियन्स लिगमा मेसी सम्मिलित बासिलोना सेमिफाइनल र रोनाल्डो सम्मिलित युभेन्ट्स क्वार्टरफाइनलमा पराजित भएको थियो । पहिलो लेग ३–० ले जितेको बार्सिलोनाले लिभरपुलसँगको दोस्रो लेग ४–० ले गुमाएपछि टोलीको यात्रा अन्तिम चारमै टुंगिएको थियो । युभेन्ट्स आयक्ससँग क्वार्टरफाइनलमा नै पराजित भएको थियो ।

लिभरपुलले अब फाइलनमा प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनह्यामको सामाना गर्नेछ । यसपटक मेसी र रोनाल्डो विना च्याम्पियन्स लिग फाइनल हुने भएको छ । छ वर्ष यता पहिलो पटक मेसी र रोनाल्डो विना फाइनल हुँदैछ । यी दुई खेलाडीको टोलीको पराजय पछि दुवै खेलाडीको आलोचना सरु भएको छ । तर बालोटेली भने ती सब आलोचनालाई बकवास ठान्छन् ।

Facebook Comments
Tags
Show More

Related Articles