विशेष

नवीकरणिय उर्जा प्रवर्द्धनका लागि युएसवाईसी गियर समुहको कार्यशाला

 

सरोज ओझा

काठमाडौं,मङ्सिर ( संयुक्त राज्य दुतावास युवा परिषद अन्तर्गतको गियर समुहले नवीकरणिय उर्जामा बदलावको चुनौती र अवसर बिषयक कार्यशाला कार्यक्रम आयोजना गरेको छ । मङ्सिर ०६ गते, तदनुसार २२ नोभेम्बरमा काठमाण्डौमा आयोजित सो कार्यक्रम पूर्व वातावरण मन्त्री गणेश साहको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रायोगिक बिज्ञान तथा प्रविधीका लागि अनुसन्धान केन्द्रका प्रा। डा। कृष्ण राज श्रेष्ठ र अमेरिकी दुतावासका सुलभ भट्टले प्रमुख वक्ताका रुपमा मन्तब्य ब्यक्त गर्दै यस्ता कार्यक्रम युवाहरुलाई आपसमा जोडने र उत्प्रेरणा दिने समाधानका रुपमा रहनुपर्नेमा जोड दिदै कार्यक्रमको सफलताको कामना गरे ।

कार्यक्रममा डा। श्रेष्ठद्वारा प्रस्तुत बुदामा मनमारा, सल्लाको सुइरो, सालको पात, आरो पस्चात निक्लने धुलो लगायतका बनस्पतिय अपशिस्टको प्रयोग गरि बायो उर्जा उत्पादन गर्न सकिने र मुख्य ईन्धनको स्रोत प्रयोगमा नल्याएका ग्रामिण बस्तीमा बायो उर्जालाई वैकल्पिक उर्जाको रुपमा प्रयोग गर्न सकिने उल्लेख थियो । साथै उनले नेपालको नवीकरणिय उर्जाको क्षेत्रमा प्रविधी हस्तान्तरण, पारिस्थितिक प्रणाली, जनमानसमा प्रयुक्त अचेतन आदीलाई मुख्य चुनौतीका रुपमा प्रस्तुत गरेका थिए ।

त्यसैगरि कार्यक्रममा क्लिन कूक अलायन्सकी करुणा बज्राचार्यले असल अभ्यास र जीवकोपार्जन यसको तात्पर्य बिषयमा प्रस्तुतीकरण दिएकी थिईन । प्रस्तुतीका क्रममा बज्राचार्यले जनमानसमा मौजुद दाउरा बाल्नुपर्छ भन्ने मान्यता र चलनमा बदलाव ल्याउन स्वास्थको दृष्‍टिकोणबाट पनि नवीकरणिय उर्जाको महत्व बारे जानकारी दिलाउन आवश्यक रहेको उजागर गरिन । साथै, शुद्ध प्रविधीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनको जोड थियो ।

कार्यशाला माझ विण्ड पावर नेपालका संस्थापक एवम् प्रमुख कार्यकारी निर्देशक कुशल गुरुङले ठुलो प्रक्रितीका बायोग्यास प्लान्टका चुनौती बिषयमा आफ्नो प्रस्तुती दिएका थिए । सो क्रममा उनले आफुहरुले एलपिजी ग्यासको विकल्प खोज्दै पोखरामा चार हजार क्युविक मिटर आकारको प्लाटबाट सिलिण्डरमा बायोग्यास भर्दै बिक्री गर्दै आएको जनाउदै आफ्नो कम्पनी बायोग्यास उत्पादन गर्ने नेपाल कै पहिलो कम्पनी रहेको जानकारी गराएका थिए । साथै, नेपालमा ठुलो परिमाणमा बायोग्यास उत्पादन गर्ने कम्पनीको उदेश्य रहेको बताउदै उनले ठुलो परिमाणमा उत्पादन गर्न कम्पनीले गर्दै आएको प्रयास र चुनौतीका बारेमा प्रकाश पारेका थिए ।

ततपस्चात युएसवाईसी अन्तर्गतको ग्रीन ईनर्जी एसेसमेंट रिसर्चकी प्रोजेक्ट लिडर सिजल पोखरेलले हरित उर्जा मुल्यांकन अनुसन्धान अर्थात गियर कार्यक्रमको निचोडका बिषयमा प्रस्तुती दिएकी थिईन । प्रोजेक्ट लिडर पोखरेलले त्यसै खेर जाने वानस्पतिक स्रोत भएका ठाउँमा नवीकरणिय उर्जा उत्पादन गरि प्रयोगमा ल्याउदाको अवस्थामा उर्जा विविधिकरणको सम्भावना रहने अौल्याईन । साथै, पोखरेलले फर्निचर, प्लाईउड जस्ता उध्योगमा रहने अधिक मात्राको अपविस्टलाई पेलेट अर्थात गोलीको रुपमा प्रयोगमा ल्याउन सकिने स्पस्ट पारिन् ।

ततपस्चात् नेपालमा नवीकरणिय उर्जा प्रविधीको प्रवर्द्धन गर्ने उदेश्य प्रेरित समस्याको मिहिन पहिचान, अवसर र भावी रणनितीको खोजका लागि कार्यशाला माझ ब्यवसायी, वैकल्पिक उर्जा प्रवर्धन केन्द्र तथा निजी क्षेत्र सम्बद्ध प्रतिनिधी बिच समुह छलफल गराईएको थियो । यस सत्र माझ ईमर्जिङ टेक्नोलोजीका अभिशेक यादव, नवीकरणिय उर्जा, पानी आपुर्ती तथा फोहर मैला ब्यवस्थापन केन्द्र( चितवनका प्राचिन लाल श्रेष्ठ, वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका प्रतिमा केसी, बायोमास ईनर्जी इन्टरप्रेनर एशोसियसन नेपालका अध् य क्ष सुशिल ज्ञवालीले वक्ताको रुपमा बोलेका थिए । सो अवसरमा प्रस्तुतकर्ताहरुले हालसालाईको अध्ययनले वानस्पतिक बुटयानबाट दुई दशमलव सात छ मिलियन बायोमास पेलेटका रुपमा उत्पादन गर्न सकिने र त्यसलाई उध्योगहरुमा तापिय उर्जाका रुपमा प्रयोगमा ल्याउन सक्ने अौल्याएका थिए । त्यसो गर्न सकिएको खण्डमा वातावरणिय सुर छ् र ब्यापार घाटा कम गर्न मद्त मिल्ने उनीहरुको सुझाव छ ।

ग्रीन ईनर्जी एसेसमेंट रिसर्चकी प्रोजेक्ट लिडर सिजल पोखरेलले कार्यशालाको उदेश्य वातावरण मैत्री उर्जा समाधानका लागि भावी दिनमा हुने छलफल र कार्यगत एकतामा सहयोग पुर्याउने रहेको बताईन । साथै, उनले यस क्षेत्रका वि ज्ञ, विभिन्न शैचीक प्रतिस्ठानमा अध्ययनरत बिद्यार्थी, अन्वेशक, अनुसन्धानकर्ता र सरोकारवाला बिच समन्वय स्थापित गराउन कार्यशाला फलदायी बन्नेमा आफू लगायत गियर टिमका सदस्यहरु विश्वस्त रहेको पनि स्पस्ट पारिन ।

Facebook Comments
Tags

Related Articles