विशेष

नौबिसे सडकखण्डको जाममा परेको गाडीमा यात्रुको मृत्यु

नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेको गाडीमा यात्रुको मृत्यु भएको छ । जनकपुरबाट काठमाडाैंका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाहको जाममा परेका बेलामा बिहान मृत्यु भएकाे हाे ।

शाह क्यान्सर पीडित भएको परिवारले बताएका छन् । गाडीमा रहेका शाहको के कारणले ज्यान गएको हो भन्ने बारेमा खुल्न बाँकी छ । अहिले शाहको शव पोष्टमार्टमको लागि लैजाने तयारी छ ।

Facebook Comments
Tags

Related Articles