विशेष

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ र आसपासका जिल्लामा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ दशमलव ५ म्याग्निच्युटको पराकम्प भएको केन्द्रले आफ्नो वेभसाइटमा राखेको छ। भूकम्पका कारण स्थानीय डराएर घरबाहिर निस्किएका थिए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको दोर्दी गाउँपालिका ४, नौथर शेरा नजिकै केन्द्रबिन्दु भएर मंगलबार बिहान पराकम्प गएको छ।

 

Facebook Comments
Tags

Related Articles