विशेष

मिर्मी चोकमा पनि प्रेसर कुकर बम फेला

१० असार, काठमाडाैँ । स्याङ्जाको मिर्मी चोकमा पनि प्रेसर कुकर बम फेला परेको छ ।

बम भेटिएपछि प्रहरी र नेपाली सेनाले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

जिल्लाको कालीगण्डकी गाउँ पालिका वाड 7 मा रहेको मिर्मी चोकमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोली समेत केहीबेरअघि घटनास्थलमा पुगेको छ ।  बम भेटिएपछि स्थानीय जनजीवन प्रभावित बनेको छ ।

Facebook Comments
Tags

Related Articles